सुन तस्करी छानबिनमा पूर्वप्रहरी उच्च अधिकारी नै असन्तुष्ट

सुन तस्कर प्रकरढामा चर्चामा रहेका बेला नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरुले भने जारी अनुसन्धानमा नै शंका गरेका छन्। सुन तस्करी प्रकरणमा मुछिएकाहरु धमाधम पक्राउ पर्ने र आत्मसमर्पण गर्दै अदालतमा पग्ने क्रम बढेपछि नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरुले जारी अनुसन्धानमा नै शंका व्यक्त गरेका छन्।

नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआइजीहरु रमेश खरेल र हेमन्त मल्लले आइतबार सञ्चारकर्मीसँगको भेटघाटका क्रममा सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरीलाई नै फसाउन खोजिएको र जारी अनुसन्धानमा नै शंका उत्पन्न हुन थालेको बताएको खबर राजधानी दैनिकमा छ।

त्यस्तै कान्तिपुर दैनिकले अनुसन्धान नै त्रुटिपूर्ण भन्दै खबर छापेको छ। नेपाल प्रहरीका पूर्वउच्च अधिकारीले शनम शाक्यको हत्या र ३३ केजी सुन तस्करी प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको औल्याएका छन्। पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआइजीहरु हेमन्त मल्ल र रमेश खरेलले प्रहरीलाई हतोत्साहित बनाउने कार्य भइरको बताए।