सुत्केरीलाई ९८ दिन बिदा !
प्रकासित मिति : २०७५ जेष्ठ २१, सोमबार ०१:४३
प्रकासित समय : ०१:४३
सरकारले सरकारी, गैरसरकाराी तथा निजी संघ संस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने व्यवस्था गर्ने भएको छ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा दिन प्रस्ताव गरिको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।
भदौ मसान्तसम्म पारित गराउने तयारीसहित बनाइएको विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत पुरुष कर्मचारीले पत्नी सुत्केरी हुनुअघि र वा पछि पारिश्रमिकसहितको १५ दिन प्रसूति स्याहार बिदा पाउने छन्।