झमेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
प्रकासित मिति : २०७५ जेष्ठ २१, सोमबार ०१:३९
प्रकासित समय : ०१:३९
नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्न फेरि कानुनी अड्चन आइलागेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि एकीकृत पार्टीका नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो।
तर, निर्वाचन आयोगमा उक्त नामको दल यसअघि नै दर्ता भइसकेकाले नाममा अन्डरलाइन गरेर दर्ता प्रक्रियामा गएको थियो। त्यसमा पनि निर्वाचन आयोगले कानुनी अप्ठेरो हुने बताएपछि नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्न निवेदन दिइएको थियो।
अहिले नयाँ दल दर्ता गर्नका लागि अनिवार्य ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्थाले दल दर्ता अन्योलमा परेको समाचार नागरिक दैनिकमा प्रकाशित छ। राजनीतिक दलसम्बन्धी ऐनमा सबै कमिटीमा कम्तीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको छ।