पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब एक लिटर पेट्रोलकाे ११३

सरकारले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको हो ।  निर्णयअनुसार पेट्रोल, डिजेल, तथा मट्टितेलको भाउ प्रतिलिटर रु ३–३ बढाइएको छ ।

मूल्य बढेसँगै यसअघि प्रतिलिटर ११० रुपैयाँ रहेको पेट्रोल अब ११३ पर्ने भएको छ । यस्तै प्रतिलिट ९२ रहेको डिजेल र मट्टितेल अब ९५ रुपैयाँ पुगेको छ ।
यसैगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।
भारतीय आयल कर्पोरेशनले शुक्रबार नयाँ मूल्यसूची पठाएसँगै निगमले पनि भाउ बढाएको हो ।