दुर्गममा जान मान्दैनन् कर्मचारी – मनाउनै हम्मेहम्मे
प्रकासित मिति : २०७५ जेष्ठ १४, सोमबार ००:५४
प्रकासित समय : ००:५४
सरकारले सरुवा गरेर जिम्मेवारी तोके पनि केन्द्रका कार्यालयमा कार्यत्ररत कर्मचारी दुर्गम जान नमान्दा जनताको काम प्रभावित भएको छ । स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि कर्मचारीले आ आफ्नो तोकिएको क्षेत्रमा काम नगरेका कारण कुनै तात्विक उपलब्धि हासिल हुन नसकेको स्थानीय बताउँछन् ।
आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । समाचारमा यी चार लाईन हाइलाइट गरिएको छः
-माहुरी नै नभएको ठाउँमा माहुरी अधिकृत काजमा
-कर्मचारी एक दुई साता बस्छन्, केन्द्रतिरै फर्कन्छन् ।
-कर्मचारी नहुँदा एक बर्ष खेर गयो ।
-क्यान्टिन पस्छन्, चिया गफ लडाउँछन्, बरन्डामा उभिन्छन्, काममा चासो दिँदैनन् ।