समयमा काम नगर्ने ठेकेदार जेलमा
प्रकासित मिति : २०७५ जेष्ठ ६, आईतवार ०१:३९
प्रकासित समय : ०१:३९
नारायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ । २४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतीका लागि अहिलेसम्म चार पटक म्याद थप भइसकेका छन् ।
गृहमन्त्री रामबहादुर थापाले समयमै काम नसक्ने ठेकेदारको सूची बनाएर पहिला सच्चिने मौका दिन र त्यस अवधिमा पनि नसच्चिए जेल हाल्न निर्देशन दिएका छन् ।विभिन्न मन्त्रालयका सचिव, पहरी प्रमुख, काठमाडौं तथा ललितपुरका मेयर, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाएर बुधबार गृहमन्त्रीले निर्देशन दिएका हुन् ।
निर्देशनपछि गृह मन्त्रालयले भवन, सडक र पुल निर्माणको ठेक्का पाएर लापरबाही गर्ने ठेकेदार र कम्पनीको विवरण एक साताभित्र पठाउन बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौँ ।