निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नु सरकारको दायित्व – पुर्वस्वास्थ्यमन्त्री केसी

नेपाली कांग्रेसका नेता एव्म पुर्व स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन । स्टार हस्पिटलको अनुगमन गर्न ललितपुरको सानेपा पुगेका नेता केसीले सरकारले मात्र सबै क्षेत्र लगानी गर्न नभ्याउने भएकाले आवश्यक नीति नियम बनाई स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा निजीलाई पनि लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।

आफु स्वास्थ्यमन्त्री भएको बेलादेखि नै सरकारी लगानीमा मात्र यस्ता संवेदनशिल क्षेत्रहरुमा लगानी नपुग्ने भएकोले सरकारले निजी क्षेत्रले गरेका यस्ता लगानी सुरक्षितको प्रत्याभुति दिलाउनुपर्नेमा जोड दिए ।

निजी क्षेत्र नेपालको विकासका लागि एक मेरुदण्ड हो, यस्ता संवेदनशील क्षेत्रलाई सरकारले प्रमुख प्राथमिकतामा राख्नपर्छ, उनको भनाई थियो । यस्तै उद्योग वाणिज्य महासंघका पुर्ववरिष्ठ उपाध्यक्ष भास्करराज कर्णिकारले निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्नु सरकारको दायित्व भएको बताए ।