कर्मचारीमाथि जनप्रतिनिधीको दुव्र्यवहार बढ्दो
सर्लाहीको कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिनकुमार श्रीवास्तव माथी दुव्र्यवहार भएको छ। विहीवार कार्यालयमा काम गररे बसिरहेका श्रीवास्तवलाई सर्लाही क्षेत्र नम्बर ३ प्रदेश ख का प्रदेश सभा सासद संजयकुमार यादबले कार्यकक्षमा थुनेर दुव्र्यवहार गरेका हुन। प्रदेश संसद् यादबले आफ्नो घर भएको नगरपालिकाको १० नम्बर वाडामा कुनै राम्रो विकास योजना नपारेको भन्दै कार्यकक्षमा थुनेर बिना टिप्पणी योजना पास समेत गर्न प्रशासकीय अधिकृतलाई लगाएको कर्मचारीहरुले बताएका छन।
प्रदेश सभा सदस्य यादवले दुव्र्यवहार गरेपछि कर्मचारीहरुले आज सम्पूर्ण काम ठप्प पर्दै नगरपालिकामा तालाबन्दी गरेकाछन। प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले अब नगरपालिका बसेर काम गर्न समस्या परेकोले सरकारले सुरक्षाको राम्रो ब्यवस्था नगरे सम्म काम गर्न नसक्ने बताउनुभयो । कर्मचारीहरुले प्रदेश सभा संसद यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म नगरपालिकाको कुनै काम नगर्ने भन्दै कार्यालयको साँचो मेयर कौशलकिशोर यादवलाई बुझाएका छन।
जनप्रतिनिधिहरुले यसरी पटकपटक कर्मचारीहरु माथि दुव्र्यवहार गरेकाले यस्तो कामको निन्दा गर्दै शुक्रबार बाट सर्लाहीका २० वटै स्थानीय तहमा तीन दिनका लागि काम ठप्प पारेको र्स्थानीय तह कर्मचारी संघका सर्लाही अध्यक्ष चित्रबहादुर बिकले बताउनुभयो । उनीहरुले दुव्र्यवहार गर्ने संसद यादवलाई कार्वाही गर्नु पर्ने, राष्ट्रसेवक कर्मचारीहरु माथि हुने ज्यादतीको अन्त्य गरिनु पर्ने,कर्मचारीलाई सौहार्दपूर्ण वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नु पर्ने माग गरेका छन।
त्यस्तै कर्मचारीहरुको संघर्षको कार्यक्रममा शिक्षकहरुले पनि समर्थन गरेका छन् ।यस अघि ्मलंगवा नगरपालिकाका वरिष्ठ ईन्जिनियर राजकपुर महतोलाई वडा अध्यक्षहरुले कुटपिट गरेका थिए । त्यसैगरी नै हरिपुर नगरपालिका कार्यकारी अधिकृत यादव सापकोटालाई पनि नगरपालिका मेयर ममुरुदिन मंसुरले जबर्जस्ती योजनाको रकम भुक्तानी गर्न लगाएपछि उहाँले नगरपालिकाको काम छाडेर मन्त्रालयमा हाजिर हुन पुग्नुभएको छ।
मेयर मंसुरले कार्यकर्तालाई बाड्न बिना योजना २७ लाख रुपैयाँ निकासा गरेको र अन्य योजनाहरुमा पनि लागत अनुमान बिना जथाभावी भुक्तानी गर्न थालेपछि मेयर र कार्यकारी बिच बिच विवाद बढेको कर्मचारीहरूले बताएका छन। जनप्रतिनिधिहरुले स्थानीय सरकार संचालन ऐनको बारेमा राम्रोसँग अध्यन नगरेकाले पनि यस्तो समस्या आउने गरेको कर्मचारीहरु बताउछन् ।