सवारी ढुवानीका नाममा लाखौंको अनियमितता

सवारी ढुवानीका लागि भन्दै सरकारी निकाय पशु स्वास्थ्य निर्देशनालयले लाखौं रुपियाँको चलखेल गरेको रहस्य खुलेको छ। निर्देशनालयले सवारी साधन ढुवानीका नाममा लाखौं रूपियाँ अनियमितता गरेको भेटिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

समाचारका अनुसार निर्देशनालयले सवारी साधन खरिदका नाममा ६१ लाख ३५ हजार रूपियाँ अनियमितता गरेको देखिएको हो। निर्देशनालयले भ्याक्सिन ढुवानी ट्रक २४ लाख ४० हजार रूपियाँ र डबल डोर रेफ्रिजेरेटर ३६ लाख ९५ हजार रुपियाँमा खरिद गरेको देखिएको हो। डबल डोर रेफ्रिजेरेटर २५ वटा खरिद गरिएको छ।