मुक्तिनाथमा आँसु झारे मोदीले
प्रकासित मिति : २०७५ बैशाख ३०, आईतवार ०१:३५
प्रकासित समय : ०१:३५
मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे ।
मन्दिरको मूर्तिभन्दा तल रहेको ‘गर्भगृह’का बारेमा पुजारी कृष्णप्रसाद सुवेदीले वर्णन गर्ने बेला उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको कुरा वर्णन गरिदिएका हुन् ।
मोदीले पूजा गर्ने सिलसिलामा आशिर्वाद लिने क्रममा आँशु समेत झारेको खुलासा पुजारी सुवेदीले गरेका छन् । पुजारीले आफ्ना मनोकांक्षाहरु भए भगवानसँग माग्नुस भन्दा मोदीले आँशु झारेका थिए । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
मैले ‘हजुरले ध्यान लगाएर आफ्नो लागि वर माग्नुस् भने उहाँ भावविभोर भएर आँशु खसाल्नुभयो ।’ उनले भने, ‘मैले उहाँमा अति धेरै श्रद्धा, विश्वास, र प्रशन्नता देखेँ ।’