भारतीय प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान
  प्रकासित मिति : २०७५ बैशाख २९, शनिबार ०१:३४ 
प्रकासित समय : ०१:३४
                                    
															नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुगेका मोदीलाई राजधानीको टुँडिखेलमा विशेष समारोहका बीच गार्ड अफ अनर प्रदान गरिएको हो ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपाल आउँदा पनि यसैगरी टुँडिखेलमै विशेष राजकीय सम्मान दिइएको थियो । मोदी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाआजापछि नागरिक अभिनन्दन ग्रहण गरेर काठमाडौं आएका हुन् ।


