पूर्वअधिराजकुमारीलाई घर जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम
प्रकासित मिति : २०७५ बैशाख २५, मंगलवार ००:५४
प्रकासित समय : ००:५४
सरकारले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार नेपाल ट्रष्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराउन पत्र काटेको हो।
सिंहले सर्वोच्चमा दायर गरेको पुनरावलोकन मुद्दामा सर्वोच्चले तत्कालीन राजाले आफ्नो हक नै नलाग्नेराष्ट्रिय सम्पत्ति छोरीलाई दाइजो दिएको र विजया घर नेपाल ट्रष्टको नाममा राखिनु संवैधानिक रहेको फैसला गरेको थियो।
फैसला भएको एक वर्ष वितिसक्दा समेत घरजग्ग खाली नभएपछि नेपाल ट्रष्टले सिंहलाई घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको हो।