प्रचण्डलाई अर्को ठुलो धक्काः आहुतीको नेतृत्वमा नयाँ पार्टी घोषणा

विश्व कम्युनिष्ट आन्दोलनका आदर्श व्यक्ति कार्ल माक्र्सको जन्म दिनको अवसर पारेर माओवादी केन्द्रका पूर्वनेता आहुतीको नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी घोषणा भएको छ । ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी’को नाममा आहुतीको नेतृत्वमा ५१ सदस्यीय आयोजक कमिटी शनिबार सार्वजनिक भएको छ ।

नेकपा एमालेसँग पार्टी एकता गर्ने पुष्पकमल दाहाल प्रचण्डको निर्णयबाट रुष्ट बनेका माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल (आहुती)ले केही महिनाअघिदेखि नै नयाँ पार्टीको अभ्यास गर्दैआएका थिए ।

रमेश सुनुवार, ध्रुव पराजुली, धनकुमारी सुनार, जागृत रायमाझी लगायत नेताहरु नेतृत्व तहमा रहने बुझिएको छ । शुक्रबार मात्रै एक भेला मार्फत पार्टी आयोजक कमिटी गठन भएको हो । नेताहरुले बताए अनुसार छिट्टै पार्टीको सांगठनिक संरचना तयार हुनेछ । साथै माओवादी केन्द्रबाट असन्तुष्ट सय भन्दा बढी नेताहरु नयाँ पार्टीमा सामेल हुनसक्ने बुझिएको छ ।

माओवादी–एमाले एकताको पहलसँगै असन्तुष्ट नेताहरु आहुती नेतृत्वको पार्टीमा सामेल हुने भन्दै पछिल्लो समय बहस र छलफलमा केन्द्रित छन् ।

पार्टीले यसअघि नै विचारधारात्मक राजनीतिक कार्यदिशा छलफल र बहसका लागि सार्वजनिक गरेको थियो । बैचारिक, राजनैतिक तथा सांगठनिक अभियान समिति सदस्यहरुको नामावली यस्ताे छ ः

संयाेजकः आहुती

क.रमेश सुनुवार (रामेछाप)
क.ध्रुव पराजुली (सिन्धुपाल्चोक)
क.विदुर खरेल (सर्लाही)
क.धनकुमारी सुनार (ललितपुर)
क.नवीन रिमाल (दोलखा)
क.दर्पण (हुम्ला)
क.वन्धुविक्रम क्षेत्री (दोलखा)
क.बुद्धलक्ष्मी महर्जन (ललितपुर)
क.रुकु रणपाल (स्याङ्जा)
क.राजेश्वरी सुवेदी (चितवन)
क.अनिता पण्डित (नुवाको)
क.मुना घिमिरे (भक्तपुर)
क.वलराम तिमल्सिना (भक्तपुर)
क.वाटलरी (काठमाडौं)
क.टीकाराम दियाली (दोलखा)
क.वद्री चौलागाईं (दोलखा)
क.गणेश विश्वकर्मा रसाइली (मकवानपुर)
क.वलराम न्यौपाने (सर्लाही)
क.राजेन्द्र सेढाईं (स्पेन, युरोप)
क.राजु पुडासैनी (भारत)
क.रामशरण खाती (दोलखा)
क.दीप नारायण दास (धनुषा)
क.पुष्प भण्डारी (बाँके)
क.केवल विनावी (बझाङ)
क.दीपेन्द्र शाही (बाजुरा)
क.सुदर्शन कार्की (दोलखा)
क.प्रदीप सुनुवार (रामेछाप)
क.काल्साङ लामा (काभ्रे)
क.मिनेन्द्र भण्डारी (रामेछाप)
क.करणबहादुर वि.सी (अछाम)
क. राजकुमार हिङमाङ (खोटाङ)
क.दीपराज बस्नेत (सिन्धुली)
क.प्रेम वयलकोटी (संखुवासभा)
क.देवी दुलाल (सिन्धुपाल्चोक)
क.दिनेश चापागाईं (कपिलवस्तु)
क.जागृत रायमाझी (मकवानपुर)
क.राजेश नेपाली (बाग्लुङ)
क.डा.राजन लामा (दोलखा)
क.महावीर विश्वकर्मा (चितवन)
क.रामवृक्ष (झाप)
क. करुणा शर्मा (कपिलवस्तु)
क.हरिदेव ठाकुर (सिरहा)
क.हेम लामा (रामेछाप)
क.असीम ठाकुर (पर्सा)
क.अरुण राई (उदयपुर)