गाडी नचलाए रुट नै खारेज गरिदिने सरकारको तयारी
प्रकासित मिति : २०७५ बैशाख २१, शुक्रबार ००:५१
प्रकासित समय : ००:५१
यातायात व्यवसाय कम्पनीमा दर्ता गर्नुपर्ने सरकारी निर्णयविरुद्ध हडतालको घोषणा गरेका यातायात समितिको कार्यक्रम असफल बनाउन सरकार पनि तयारीमा छ ।
हडतालको समर्थन गर्दै नचलाउने सवारीसाधनको रुट नै खारेज गरिदिने चेतावनी छ । यसबाहेक, यातायात व्यवस्था विभागमा कम्पनीअन्तर्गत दर्ता भएका २२ कम्पनीका ६१९ गाडी गुडाउने तयारी छ ।
देशभर ५० प्रतिशत सवारी गुड्ने अपेक्षा गरेको विभागले सबै सवारीसाधनका लागि सुरक्षाको बन्दोबस्त मिलाएको पनि बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । (पूरा समाचारको लागि नयाँ पत्रिका क्लिक गर्नुहोला)