जाजरकोटी संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी आगामी चैत्र २१ गते

जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा परम्परागत संस्कृतिको काठमाण्डौंमा आगामी चैत्र २१ गते हुने भएकाे छ । फागुनकाे २९ र ३० हुने भनिएकाे प्रथम राष्ट्रिय प्रदर्शनी प्राबिधिक कारणबस चैत्र २१  गते सारिएकाे मेला अायाेजक समितिकि अध्यक्ष पार्वती थापाले जानकारी दिइन ।

थापाले एकातिर स्थानिय कलाकारहरू एसइइकाे परिक्षा अर्काे तिर मेलाकाे प्रमुख अतिथि र अतिथिहरूकाे पनि उक्त समयमा उलेख्यय काम परेकाे हुदा मेला सारीएकाे बताइन । जिल्लाको परिचयलाई बदलेर पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन तथा रैथाने लोक नृत्यलाई राष्ट्रियकरण गर्नका लागि काठमाण्डौंमा प्रर्दशनी गरिने भएको हो ।

 

जाजरकोट मनोरम प्रकृति र ऐतिहासिक संस्कृतिको धनी मात्र नभएर जलस्रोतमा पनि धनी जिल्ला हो । ४ सय १० मेघावाट क्षेमता राख्ने राष्ट्रिय स्तरको जलासययुक्त नलसिङ गाड जलविद्युत आयोजना, भेरी १, २, ३ र ४ जलविद्युत आयोजना पनि जाजरकोट जिल्लामै रहेका छन् । त्यैगरी तात्रगाड, छेडागाड लगाएतका दर्जनौ आयोजनाहरुको अध्ययन तथा निर्माण गरी सञ्चालन गर्न सकेमा जिल्ला जलविद्युत केन्द्रको रुपमा स्थापित हुन सक्ने सम्भावना बोकेको छ जाजरकोटले ।

काठमाण्डौंवाट पश्चिम तर्फ ७ सय १५ किलोमिटरको दुरीमा रहेको जाजरकोट जिल्ला ६ नम्बर प्रदेशमा पर्दछ । ४ वटा गाउँपालिका र ३ वटा नगरपालिका रहेका जाजरकोटको केन्द्रीय तथ्याङ्क विभागले गरेको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार जाजरकोट जिल्लाको कूल घरधुरी ३० हजार ४ सय ७२ र जनसंख्या १ लाख ७१ हजार ३ सय ४ रहेको छ । जाजरकोटमा पुरुषको जनसंख्या ८५ हजार ५ सय ३७, ४९.३५ र महिलाको ८५ हजार ७ सय ६७ ५०.६५ रहेको छ । जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर २.३९ प्रतिशत रहेको छ ।

कुल क्षेत्रफल २,२३० वर्ग किलो मिटर रहेको जाजरकोट समुन्द्री सतहबाट ६१० देखि ५,४३५ मिटरसम्म उचाईमा रहेको भौगलिक बनावट रहेको छ । यस जिल्लाको सीमाना पूर्वमा रुकुम र डोल्पा, पश्चिममा दैलेख र सुर्खेत, उत्तरमा कालिकोट र जुम्ला तथा दक्षिणमा सल्यान र रुकुम पर्दछन । जिल्लाको कूल क्षेत्रफलमध्ये ५५.९ प्रतिशत वन रहेको भएता पनि राष्ट्रिय अनुकूलन योजना २०६७ अनुसार जाजरकोट मुलुकको सुख्खा ग्रस्तमा पहिलो र भू–क्षयको दृष्टिले दोस्रो सम्वेदनशील जिल्ला हो । कुल जनसंख्यामा ९१.९८ प्रतिशत मानिसहरु कृषि पेशामा सम्लग्न छन् ।