दरबन्दीविना विभाग बस्ने कर्मचारीकाे हाजिर राेक्न मन्त्री विष्टकाे निर्देशन
प्रकासित मिति : २०७४ चैत्र ९, शुक्रबार ०१:०७
प्रकासित समय : ०१:०७
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दरबन्दीमा रहेकाबाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलार्इ निर्देशन दिएका छन् ।
विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको खबर अाजकाे नयाँ पत्रिकामा प्रकाशित भएपछि मन्त्री विष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएका हुन् ।
वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । स्थानीय तहमा खटाइएका ती कर्मचारी पहुँचका अाधारमा त्यहाँ बसिरहेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।