गाउँपालिका अध्यक्षले गरे सरकारी गाडीको दुरुपयोग

बनेपा । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले सरकारी गाडीको दुरुपयोग स्थानियले आरोप लगाएका छन् । तिमल्सिनाले घरायसी प्रयोजन देखि नर्सरी, पाते सल्लो ओसारपसार गर्नका लागि सरकारी गाडीको प्रयोग गरेको स्थानियको आरोप छ । वडा नम्बर ७ पात्नेखोलामा मोटरबाटो निर्माणको अनुगमनको क्रममा फर्केका बेला मंगलवार बा १ झ ४७२२ नम्बरको गाडीमा बेथानचोक गाउँपालिकाको कर्मचारी र नर्सरीका लागि पाते सल्ला ओसारेर ल्याएपछि स्थानीयहरुले बिरोध गरेका हुन् ।

गाउँपालिका अध्यक्षले घरायसी कामदेखि नर्सरीका लागि पाते सल्लो असारपसारमा प्रयोग गरेको भन्दै ब्यापक आलोचना समेत भएको स्थानीयहरु बताउँछन् । पटक–पटक गाउँपालिका अध्यक्षले साविक ढुंखर्क वडा नम्बर ७ पाटनेखोलादेखि नर्सरीसम्म दुवानी गरेको छ हामीले बोल्दा उल्टै झापार्ने र थर्कोउने गरेको छ एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने ।

साबिक ढुंखर्कमा गाउँपालिका अध्यक्ष तिमल्सिनाले विगत ६ वर्षअघिदेखि पाते सल्लोको नर्सरी सञ्चालन गर्दै आइरहेको स्थानीयहरु जानकारी दिए । यो पाते सल्लो औषधीको रुपमा प्रयोग गरिन्छ । उनी कांग्रेस निकट किसान महासंघका जिल्ला अध्यक्ष समेत हुन् । यस विषयमा जानकारी लिन खोज्दा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमिल्सनाले वडा नम्बर ७ मा मोटरबाटो निर्माणको अनुगमन गरी फर्केको बताए ।

उनले गाडीमा पाते सल्लो ओसारेको स्वीकारर्दै भने – ‘गाउँका साथी भाइलाई मसलानै भयो अनुगमनको क्रममा फर्किँदा रमण तिमिल्सना भाइको बारीको डिलमा रहेको पाते सल्लो गाडीमा हालेर ल्याएको हो । मैले विगत ६र७ वर्ष भयो साबिक ढुंखर्कमा नर्सरी राखेको छु दुरुपयोग गरेको भन्ने मलाई लाग्दैन साथीहरुलाई मसला भयो तर मैले दुरुपयोग गरेको जस्तो लाग्दैन ।’ बजेट बिनियोजनमा अपारदर्शीको आरोप खेपिरहेका अध्यक्ष आफैँ चढेको गाडीमा पाते सल्लो ढुवानी गरेको भेटिएपछि स्थानीयहरु आक्रोशित भएका हुन् ।