माओवादीको एम्बुसमा परी कोब्रा बटालियनको गाडी अाधा किलोमिटर माथि उफ्रियो
भारतीय माओवादीका जनसेनाले थापेको एम्बुसमा परी कोब्रा बटालियनका ९ जनाको मृत्यु भएको छ । भारतको छत्तीसगढ राज्य सुकमा जिल्लाको किस्ताराममा भएको एम्बुसमा परी अन्य अाधा दर्जन भारतीय सरकारी सेना गम्भीर घाइते भएका छन् । गस्तीमा अाएको कोब्राको गाडीलाई माओवादी जनसेनाले ल्यान्डमाइनमा पारेका थिए ।
घटनामा माओवादी छापामार अप्रेसनमा गएको माइन प्रतिरोध (एन्टी-ल्यान्डमाइन) गाडी निकै माथि उडेर पर हुत्तिएको थियो । माइन विस्फोटसँगै सरकारी सेनाको भागाभाग भएको थियो भने माओवादी सेनाहरुले भारी मात्रामा हातहतियार कब्जा गरेको भारतीय संचारमाध्यमहरुलाई उदृत गर्दै जनमेल अनलाइनले लेखेको छ ।
केही दिन पहिले तेलंगनाको बिजापुर क्षेत्रमा सरकारी सेनाले माओवादीसँग मुठभेडमा भन्दै १० जना स्थानीयको हत्या गरेको थियो । स्मरण रहोस्, गत साल यसै जिल्लामा माओवादी छापामारको एम्बुसमा परेर३७ जना सरकारी सुरक्षा फौजको मृत्यु भएको थियो ।