माओवादी केन्द्रका युवा नेता रामदीप भन्छन्- दुई तिहाई होइन विप्लव-वैद्यसँग वार्ता गर
नेकपा माओवादी केन्द्रका युवा नेता रामदीप अाचार्यले सरकारले दुई तिहाईको मतको पछि मात्र नलागेर नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीसँग वार्ता गर्नुपर्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले-माकेको संयुक्त सरकारले सदनमा दुई तिहाईको मत जुटाएकै दिन नेता अाचार्यले सो धारणा सार्वजनिक गरेका हुन् ।
सामाजिक संजालमा लेख्दै सरकारले सदनमा मात्रै दुई तिहाई होइन विप्लव-वैद्यसँग सार्थक वार्ता गर्न अावश्यक भएको बताउँलै नेता अार्चायले समाजवादको नेपाली मोडेलबारे संविधान संशोधन गर्न तयार हुने पर्ने बताएका छन् । उनले उपेन्द्र यादवसँग वार्ताबाट संविधान संशोधन गर्न तयार हुने सरकारल विप्लवसँग किन नहुने भन्दै प्रश्न गरेका छन् ।
अाचार्य लेख्छन्- नेपाल सरकारले सदनमा मात्रै दुई तिहाईको खोजी गर्ने होइन विप्लव, किरण र सम्बन्धित अरुसँग पनि सार्थक वार्ता गर्न आवश्यक छ । वार्ताबाट समाजवादको नेपाली मोडेल बारे संविधान शंसोधन गर्न तयार हुनुपर्छ सर्व स्वीकार्यताको लागि ! उपेन्द्र यादवसँग वार्ताबाट संविधान शंसोधन गर्न तयार सरकार विप्लवसँग किन तयार नहुने ?
उता अाजै प्रधानमन्त्री ओलीले सदनमा दुई तिहाईको विश्वासको मत पाएका छन् । आइतबारको बैठकमा २६८ सांसद उपस्थित थिए । जसमध्ये २०८ मत पाएका थिए । प्रधानमन्त्री ओलीलाई माकेसँगै राजपा र संघीय समाजवादीले विश्वसको मत दिएका छन् ।