उपसभामुखको निर्वाचन चैत २ गते

काठमाडौं- उपसभामुखको निर्वाचन चैत २ गतेका लागि तोकिएको छ। सभामुख कृष्णबहादुर महराले संसदको अगामी बैठकमा उपसभामुखको निर्वाचन गर्ने बताएका छन्।

सोही अनुसार उपसभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न सभामुख महराले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका छन्।

चैत २ गते दिउँसो २ बजे बस्ने संसदको आगामी बैठकमा उपसभामुखको निर्वाचन हुनेछ। वाम गठबन्धनको बहुमत रहेको संसदमा उपसभामुख एमालेको भागमा परेको छ।