अन्ततः डोल्पा ठुलीभेरी नगरपालीकाको केन्द्र जुफाल – अाजै उदघाटन हुने

 केहिदिन यता बिवादीत बन्दै अाएकाे डाेल्पा ठुलीभेरी नगरपालिकाकाे उदघाटन अन्ततः जुफाल नै हुने भएकाे छ । ठुलीभेरी नगरपालीकाकाे केन्द्र कहाँ राख्ने भन्ने बिषयमा बिवाद भएपनि केन्द्र अन्तिम अबस्थामा अाएर जुफाल नै हुने भएकाे बताइएकाे छ । बिहिवार मेयरद्वारा केन्द्र उदघाटन हुने स्थानियबासीले बताएका छन । सरकार र जनप्रतिनिधकाे निर्णयलार्इ स्वागत गर्दै केन्द्र उदघाटनमा लागिपरेकाे स्थानियबासीले बताए । 

अाजै केन्द्र उदघाटन गर्न अाफु जुफाल तर्फ लागेकाे  ठुली भेरी नगरपालिकाका  मेयर गणेश शाहीले जानकारी दिए ।  केन्द्र दुनैबाट जुफालमा सार्ने कुरामा आफ्नो कुनै छलकपट नभएको भन्दै कानुनी धारामा रहेर जनताकाे चाहाना अनुरूप केन्द्र सारेकाे बताए  ।

शाहिले यो सरकारी निर्णय भएकोले आफुले अनुमोदन मात्रै गरेको जिकिर गरे । जनताको माग र अाबश्यकता अनुसार सिंहदरबारको अधिकार गाँउगाँउमा सार्न यो पहलकदमी रहेको समेत बताए । यसमा अापति जनाउनु गैर राजनितिक तर्क भएकाे बताए । जुफाल केन्द्र उदघाटनका लागि सम्पुर्ण तयारी पुरा भएकाे समेत  बताइएकाे छ ।  उता दुनैबासीले त्यसकाे बिराेध गर्दै अर्काे केन्द्र दुनै राखेर चलाउने चेतावनी दिएका छन ।