जहाँ स्तन नापेर कर तिर्नुपर्छ….

प्रत्येक वर्ष बजेट आउदा सर्वसाधारण कर कटौति भएको सुन्न लालयित हुन्छन् । नेपाल लगायत संसारका कयौं देशमा सर्वसाधारणमा सकभर कर कम लगाउने परिपाटी विकास भएको छ । तर, इतिहास हेर्ने हो भने संसारमा अनौठा कुरामा कर लागेको देखिन्छ ।

इग्ल्याण्डमा हेनरी आठौं, उनकी छोरी एलिजाबेथ प्रथम र रुसका पीटर द ग्रेटले दाह्रीमा कर लगाएका थिए । त्यस्तै बिलियम तृतीयले झ्यालमा कर लगाएका थिए भने हेनरी प्रथमले इग्ल्याण्डका लागि लड्न नचाहे सर्वसाधारणलाई पनि कर लगाएका थिए ।

यस्तै रुसका पीटर द ग्रेटले त आत्मा छ भनेर एकीन गर्नेहरु माथि पनि कर लगाएका थिए । यसको उल्टो जो आत्मा छ भन्ने कुरामा विश्वास गर्दैन्थे उनीहरुमाथि पनि कर लगाइएको थियो । उनीहरुलाई धर्ममाथि विश्वास नगरेको भन्दै कर लिने व्यवस्था गरिएको थियो ।

जर्मनीमा यौन व्यवसायलाई कानूनि मान्यता दिएको छ । तर, सरकारले सन् २००४ देखि यौन व्यवसायमा पनि कर लगाएको छ । यसमा संलग्न व्यक्तिले महिनाको १५० यूरो कर तिर्नुपर्छ । जर्मनीमा यौन व्यवसायबाट वार्षिक १० अर्ब युरो आम्दानी हुने गरेको छ ।

के स्तनको पनि कर तिर्नुपर्ला ? इतिहासमा यस्तो पनि भएको छ । कर संकलन गर्नेहरुले स्तन नापेर कर लिने गरेका थिए । एक युवतीले आफ्नो स्तननै काटेर संकलकको हातमा राखेपछि यो रोकिएको थियो ।

यस्तै अनौठो उदाहरण अर्को पनि छ । इग्ल्याण्डमा जुलियस सीजरले र रुसमा पीटर द ग्रेटले अविवाहित पुरुषहरुबाट पनि कर लिएका थिए । २१ वर्षदेखि ५० वर्षसम्मका अविवाहित पुरुषबाट कर लिने गरिएको थियो । अहिले शरीरका बिभिन्न भागमा टाटु बनाउन युवायुवती लालयित हुन्छन् । अर्केन्सस्मा शरीरमा टाटु बनाउदा कर लिने गरिन्छ