नेकपाका प्रवक्ता प्रकाण्डलाई मातृशोक
प्रकासित मिति : २०७४ फाल्गुन ११, शुक्रबार ००:५२
प्रकासित समय : ००:५२
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडग बहादुर बिश्वकर्मा प्रकाण्डलाई मातृशोक परेको छ । प्रकाण्डकी आमा भरता बिश्वकर्माको बिरामीका कारण निधन भएपछि मातृशोक परेको हो ।
कालिकोट माल्कोटस्थित घरमा ७२ वर्षीय भरता विश्वकर्माको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
केही समयदेखि दम र नशा सम्बन्धी रोगबाट पीडित भरताको विहीबार दिउँसो १ बजे निधन भएको पारीबारीक स्रोतले बताएको छ ।