संसार हल्लाउने जनयुद्ध र माओवादी इतिहासको अवसान कि बिकास ?

नेपालको इतिहासमा २००७ साल भन्दा पहिले र सातसाल भन्दा यतातिरबाट परिवर्तन र जनताको अधिकारका निमित्त थुप्रैपटक आन्दोलन भए । साना ठुला बिद्रोह भए ती सबै राजतन्त्रको छायाँमा भए । जबसम्म राजतन्त्र केन्द्रमा रहिरहयो परिवर्तन र आन्दोलनका उपलब्धिहरु तार्किक निष्कर्षमा पुग्न सकेनन । किनकि राजतन्त्र केन्द्रमा रहिरहयो जसले गर्दा परिवर्तन जनताले अनुभव गर्न सक्ने अवस्था भएन । त्यो कुरा हामीले २००७ सालको क्रान्तिका उपलब्धि १७ सालमा दरबारले हातमा लियो ।

लेखक

जननिर्वाचित सरकारका प्रधानमन्त्रीलाई समेत जेलमा राखेर सबै अधिकार दरबारले लिदा नै थाहा भएको कुरा हो । त्यसैगरी २०३६ सालको झापा आन्दोलन जसले पनि तार्किक निष्कर्षमा पुग्न पाएन । त्यसैगरी २०४७ सालको आन्दोलनलाई परिवर्तनको एउटा ठुलो सुरुवातका रुपमा हेरियो त्यसलाई पनि राजा र दरबारले तह लगाइदियो जनताको अधिकार ल्याएको घोषना गर्नेहरु एकैपटक सडकमा मिल्काइए ।
यसरी नेपाली जनताको पटक पटकको आन्दोलन र क्रान्तिका उपलब्धिलाई सामान्तवादको नाइके दरबारले आफ्नो खेलौनाका रुपमा प्रयोग गर्दै आयो र पटक पटक सरकार गिराउने र आफ्नो स्वार्थ अनुसार सरकारलाई प्रयोग गर्दै आयो ।

आफ्नो कलिलो उमेरमा नै किताब कापीकलम झोला होइन बम बारुदका झोला बाकेर देखेका सपनाहरु उसले हेर्दाहेर्दै अन्त्य भयो भने । मैले लडेर ल्याएको परिवर्तन हो भनेर उ गर्व गर्न कहाँ जाला ? एउटा घाइते ह्लिचयरको साहारामा आफु लडेर घाइते भएको कथा छिमेकीको घरमा गर्वका साथ सुनाउन सकेन भने उसको घाइते शरीर कति दुख्ला ?

जनताहरु जहिल्यै उत्पिडित र दमनमा परिरहे कहिले राणा शासन कहिले राजतन्त्र कहिले पञ्चायतका नाममा त कहिले बहुदलका नाममा जनताका अधिकार र आवाजहरु समान्ति शासन बिभेदमा परिरहेका थिए । जनताको अधिकारहरु प्राप्तिको आन्दोलन एक पछि अर्को गर्दै जब निष्कर्षमा पुग्न सकेन । अनि एउटा निर्णायक आन्दोलन खाँचो नेपालमा रहयो । जब युग बदल्ने आन्दोलनको रुपमा जनयुद्धको सुरुवात भयो । ५२ सालमा तब मात्र जनताको अधिकार र मुक्ति स्वतन्त्रताको दिनहरु सुरुवात भए ।

बास्तवमा जनयुद्ध सामान्ति राजतन्त्रका बिरुद्ध मात्र नभएर समग्रमा नेपालको आमुल परिवर्तनका निम्ति भएको थियोे । जसले सँगसँगै सेना सत्ता र जनताको बिचमा समधुर सम्बन्ध स्थापित गर्दै प्रतिक्रियावादी हरुका बिरुद्ध एक पछि अर्को गर्दै धावा बोल्यो । जसका कारण आज नेपालको समग्र शासन सत्तामा मात्र होइन हरेक बस्ती र घरमा परिवर्तनको अनुभव महसुस गर्ने सक्ने वातावरणको सृजना भएको छ । हिजो हरेक प्रकारका अपमान र अन्याय सहेर बस्ने महिला होस या जातीय छुवाछूतको दलदलमा फसेर बसेको दलित होस अल्पसंख्यक जनजाति र उत्पिडितहरु आफ्नो अधिकार निम्ति सँघर्ष गर्न सक्ने हैसियत बनाएका छन । हिजो मालिक र दासको अर्थात नोकर सरह गरिने ब्यवहारमा परिवर्तन आएको छ ।

पाखामा बस्ने र काखमा मात्र होइन आफ्नो अधिकारका लागि आफै आवाज उठाउनु पर्छ भन्न सक्ने अवस्थाको सृजना भएको छ । सदियौ देखि राजाको छोरा राजा भएर शासन गरिरहने र जनताको छोरा जतिसुकै जानकार भए पनि जतिसुकै लोकप्रिय भएपनि आफ्नो देशको शासन सत्तामा गएर म देशको हरेक समस्याको सामाधान गर्छु । देशको समग्र शासन सत्तालाई जनताको पक्षमा लगाउछु । हरेक उत्पिडित हरुले न्याय पाउनुपर्छ । हरेक समुदाय र क्षेत्रको यो राज्यमा समान हेैसियत र समान सहभागीता गर्छु । भन्नेलाई पन्छाउने समयको अन्त्य भएको छ ।

हुनत मसानघाटमा लिएको मृत शरीर आज सम्मा फित्ता भएको रेकर्ड छैन माओवादी आन्दोलनको इतिहासमा कालो बादल भित्रको चाँदीको घेराका रुपमा छ । जसलाई जोगाउन थुप्रै साहास र शक्तिको खाँचो पर्दछ । मृत्यु नै हुन्छ या जिउँदो अवस्थामा फर्किन्छ त्यसै भन्न सकिदैन ।

 समग्रमा भन्नुपर्दा न्याय स्वतन्त्रता समान्ता अधिकार र मुक्तिको निम्ति आवाज उठाउने आफ्नो अधिकारका निम्ति आफै उठ्नु पर्छ भन्ने चेतनाको बिकाश भएको छ तर अहिले यस्तो महसुस हुदैछ यी सबै कुराको पाठ सिकाउने आमा आफै उठ्न सकिन भने । साहारा दिनेहरुले हात दिन पनि छाडिदिए भने कम्जोर अवस्थामा छाडिएको हाम्रो मुक्ति मार्गको दर्शन सिकाउने बिना कुनै पनि स्वार्थमा आफ्नो अमुल्य जिबनको बलिदान गरेर नेपाली धर्तिमा स्थापित गरेका राजनीतिक एजेन्डाहरु आमा बिनाका भए भने । तेतिबेला इतिहास कहाँ खोज्ने यसकारण इतिहासको सँस्थागत गरौ ।

आफ्नो कलिलो उमेरमा नै किताब कापीकलम झोला होइन बम बारुदका झोला बाकेर देखेका सपनाहरु उसले हेर्दाहेर्दै अन्त्य भयो भने । मैले लडेर ल्याएको परिवर्तन हो भनेर उ गर्व गर्न कहाँ जाला ? एउटा घाइते ह्लिचयरको साहारामा आफु लडेर घाइते भएको कथा छिमेकीको घरमा गर्वका साथ सुनाउन सकेन भने उसको घाइते शरीर कति दुख्ला ?  हिजो माओवाद जिन्दावाद भन्दै हिमाल पहाड थर्काउने परिवर्तन गरेको त हाम्रो जनयुद्धले हो हामी सहभागीता भएको जनआन्दोलन हो । भन्न सक्ने वातावरण हुन्छ कि हुदैन ? एउटा छोरा बोकेर हिडेकि आमा दुर्घटनामा पर्दा छोरा कति सुरक्षित होला यो दर्शक दिर्गामा छोडिदउ । तर मकैवारि फाँडेर धतुरो रोपे जस्तो जनयुद्धको इतिहास कदापि हुनु हुदैन । इतिहासको सम्मान र सँस्थागत तिर जोड गरौ ।

जनयुद्ध ठिक थियोे लाखौं जनताको समर्थन र सहयोग र यसबाट प्राप्त उपलब्धि राज्यका मार्गनिर्देशन सिद्धान्त भएबाट प्रष्ट हुन्छ । तर कालोलाई भन्न नसक्ने राम्रो लाई राम्रो भन्न सकेनौं भने हामी कहाँ पुगौला ? अझै यसौ भनौ मासु खाने तर रगत मैले देख्नु हुदैन । भन्ने स्वार्थका कारण जनयुद्ध या माओबाद धरापमा पर्छ कि भन्ने चिन्ता गर्न पाउने छुट सबै सँग सुरक्षित हुन्छ ।

म पनि त्यहि छुटको प्रयोग गर्दै छु । हुनत मसानघाटमा लिएको मृत शरीर आज सम्मा फित्ता भएको रेकर्ड छैन माओवादी आन्दोलनको इतिहासमा कालो बादल भित्रको चाँदीको घेराका रुपमा छ । जसलाई जोगाउन थुप्रै साहास र शक्तिको खाँचो पर्दछ । मृत्यु नै हुन्छ या जिउँदो अवस्थामा फर्किन्छ त्यसै भन्न सकिदैन । तर आफ्नो बर्षौदेखि खेतीपाती गर्दै आएको जमिनमा पहिरोले भत्काउदा फेरि पर्खाल लगाएर उहीँ अवस्थामा ल्याउन एउटा किसानले गर्ने सघर्ष जस्तो होस यो पँक्तिकार यहि चाहान्छ ।

जनयुद्ध र माओबादका नारा लगाएर स्थापित गरेका राजनीतिक कार्यक्रमबाटबाट शासन सत्तामा आसिन भएकाहरुलाइ के कुराको ज्ञान होस भन्ने जनयुद्धको एेतिहासिक राजनीतिक परिवर्तनको आन्दोलन र सम्बाहक शक्ति हो । त्यसको सँरक्षरण र सम्बर्द्धन बिना हामी अपांग हुन्छौ जनयुद्ध अगाडि बढ्ने भर्ङयाङ हो । त्यहि फालेर कसरी अगाडि बढ्ने । त्यसको इतिहास सँस्थागत गरौ । म सँगैको फरक ठाउँमा भएको साथिले हामीले लडेर ल्याएको प्रजातन्त्र हो भनेर भाषण गर्दै गर्दा । मैले पनि म नै सहभागी भएर लडेर ल्याएको गणतन्त्र हो राजतन्त्रको अन्त्य गर्न त झन मैले मेरो शरीरको रगत बगाएको छु आफु सँगैका थुप्रै साथीहरूको बलिदान भएर निमार्ण भएको इतिहास आफैले देखेको छु ।

अहिलेको ब्यवस्था र समग्र राज्यको आमुल परिवर्तन गर्न जिन्दगीका खुसि र हाँसो सँगै खेल्ने दिनहरु कठिन सँघर्षमा बिताएको छु खासमा अहिलेको परिवर्तन हामी नै सहभागी भएर ल्याएको हो भन्न पाउने कि नपाउने ? यी र यस्ता थुप्रै प्रश्नका बिचमा पनि पनि समृद्धि र बिकाश नामको फल फलाएर समग्र जनताको जिन्दगीमा परिवर्तन र राज्यको बिकाश र प्रगति हुन्छ । भने त्योभन्दा ठुलो स्वार्थ अरु केही नरहन सक्छ यो भन्दा झन फराकिलो र सबैलाई गर्व गर्न सक्ने अवस्थाको सृजना भयो ।

भने राज्यमा भ्रष्टाचारको अन्त्य युुवालाइ देशमा रोजगारि राष्ट्र स्वाधीन र आत्मानिर्भर राज्यको निमार्ण गरेर जनता खुसि राष्ट्र समृद्धिको बाटोमा अगाडि बढाउन ठुल्ला त्याग गर्न सकिन्छ । तर आत्मा सम्मान हुने गरि गरिनुपर्छ इतिहासमा भएका ठुल्लठुला परिवर्तनहरुको सँस्थागत र बिकास गर्दै अगाडि बढेको खण्डमा मात्र जनता हित र इतिहासको वास्तविक अवस्थामा सम्मान हुनसक्छ । सबैमा नयाँ उर्जा अगाडि बढ्ने जोस जाँगर पैदा गर्नसक्छ ।