नेरामावि डुव्रिङमा अभिभावक भेला, जनप्रतिनिधी र शिक्षकलाई स्वागत

रोल्पा डुव्रिङ ,रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्थित नेपाल राष्टिय माद्यामिक विद्यालयले अभिभावक भेला सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक वहादुर पुनको अध्यक्षता तथा रुन्टीगढी गाउँ कार्यपालिकाका प्रवक्ता एवं रुन्टीगढी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष जगत वहादुर घर्तीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

भेलाका अवसरमा विद्यालयले जनप्रतिनधिको स्वागत सम्मान, विद्यालयका पुर्व शिक्षकको विदाई, नवआगन्तुक शिक्षकहरुको स्वागत तथा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ । विद्यालयले जनप्रतिनिधि ःरुन्टीगढी गाउँ कार्यपालिकाका प्रवक्ता एवं रुन्टीगढी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष जगत वहादुर घर्ती, वडा सदस्यहरु खिम बहादुर घर्ती, रेशम वहादुर विक, महिला सदस्य देविकला वुढा मगर र दलित महिला सदस्य सुकमति विकलाई स्वागत तथा सम्मान गरेको हो ।

जनप्रतिनिधिहरुलाई अविर, माला र दोसल्लाले सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान गर्दै विद्यालयका प्रधानाध्यापक केशर वहादुर घर्तीले सधैं जनताको साथमा रहेर आफ्ना भुमिका सफतापुर्वक निर्वाह गर्न आग्रह गर्नुभयो । यसैगरी विद्यालयले आफ्ना कार्यकाल समाप्त गरी पेन्सन तथा अन्य क्षेत्रमा रहेका दुई जना पुर्व शिक्षकहरुलाई विदाई पनि गरेको छ । विदाई हुने शिक्षकहरुमा घन वहादुर घर्ती र अर्जुन पुन रहनुभएको छ ।

अभिभावक भेलामै विद्यालयले नवआगन्तुक शिक्षकहरुलाई स्वागत पनि गरेको छ । विद्यालयले शिक्षक भरत केसी, पुष्पा बुढा मगर र गोमा खड्कालाई स्वागत गरेको हो । खाली रहेका विभिन्न शिक्षक पदमा पदस्थापन भएका तीन जना शिक्षकहरुलाई अविर र मालाको साथमा स्वागत गरिएको हो । यसैविच, विद्यायले आज नै गत शैक्षिक शत्र २०७३ मा उत्कृष्ट भएका विभिन्न विद्यार्थीहरुलाई पुरष्कार प्रदान समेत गरेको छ ।

अभिभावक भेलामा विद्यालयका शिक्षक रमेश गौतमले सामाजिक परिक्षण प्रतिवेदन र प्रधानाध्यापक केशर वहादुर घर्तीले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । शिक्षक कर्ण वहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक डम्बर विकले गर्नुभएको थियो । सो अवसरमा सामाजिक परिक्षण समितिका संयेजक केशर विश्वकर्मा लगाएत अभिभावकहरुले आफ्निो भनाई राख्नुभएको थियो । भेलामा शिक्षक, विद्यार्थी, अभिभावक, तथा स्थानीयको उत्साहजनक सहभागीता रहेको थियो