“प्रजातन्त्र कि श्री ५ तन्त्र ” ?
नेपाली राजनितिमा परिवर्तनको जग बसाउने घटनाको रुपमा फाल्गुन ७ लाई मान्न सकिन्छ । तर प्रजातन्त्र प्राप्तिको दिनको रुपमा मान्न बढि हुन्छ । यो शव्द प्रयोगले स्पष्ट पारेको छ प्रजा अनि तन्त्र जुन देशका नागरिक प्रजाको रुपमा हुन्छन् त्यहा राजाको राज भन्ने स्वत प्रष्ट हुन्छ । जहाँ राजतन्त्र हुन्छ त्यहा प्रजातन्त्र भन्ने नामै हुदैन । जब नागरिक प्रजाबाट जनतामा परिणत हुन्छ तब यो शव्दले मेल खान्छ ।
यो राजनितिक घटनामा भएको परिवर्तन के हो जब यो प्रश्न उठ्छ जवाफ एउटै हो श्री ३ को सत्ता ढल्यो र श्री ५ सत्ता आयो । यो पनि प्रष्ट छ कि यदि श्री ५ को सत्ता हुदैन्थ्यो भने ०१७ मा कू संभव थिएन । त्यसैले राणा बंशिय जहानिया शासनको अन्त र शाह बंशिय जहानिया शासन आएको दिन फाल्गुन ७ हो ।
भारतमा अंग्रेजको बहिर्गमन पछि नेपालमा अंग्रेजको दलाल राणा हट्नु भारतको लागि पनि आवश्यक थियो र अर्को शव्द भन्नू पर्दा २००७ को शुत्राधार दिल्लि थियो । त्यो दिन देखि झ्यालबाट अंग्रेज भाग्यो ,भने मुल ढोकाबाट भारत राजा त्रिभुवनको पिठ्युँ चढि पस्यो भन्दा फरक पर्दैन ।
आजसम्म नेपाली राजनितीमा जो अस्थिरता कायम छ यसको जग २००७ सालको घटना हो । तर एकथरी मान्छेले यो दिन लाई क्रान्ति समेत भन्ने गर्छन् । राजतन्त्रसंग सत्ता साझेदारि भएको भनिएकोले नेपाली कंग्रेसले फाल्गुन ७ लाई बढाई चढाई गर्ने गरेको छ ।
नेपाली कंग्रेसले यो भन्न सक्दैन कि यदि २००७ मा प्रजाको तन्त्र आएको भए महेन्द्रले कसरी खोसे बिषय प्रष्ट छ २००७ सालमा जे आयो त्यो श्री ५को आयो जे गयो श्री ३ को गयो नेपाली जनता लाई न आयो न गयो।