संगठन बिस्तारको तिब्र अभियानमा क्रान्तिकारी,अल नेपाल कलेज र बिनायक कलेजमा समिति गठन

अखिल क्रान्तिकारीले आफनो संगठन बिस्तारको अभियानलार्इ तिब्र पारेको छ । क्रान्तिकारीले बिश्वबिद्यालय संयुक्त अभियान अन्तरगत अाइतबार CTEVT द्धारा सम्बन्धन प्राप्त अल नेपाल कलेजमा सन्तोष जोसिको अध्यक्षेतामा १९ सदस्यीय मुल ईकाइ समिति गठन गरेको छ ।

जसमा उपाध्यक्ष अविनास यादब , सचिव सोफिया सोनि सहसचिब हर्कदेब अधिकारि र कोषाअध्यक्ष मोचन राई चयन भएको क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य भिष्मा कुमार शाहीले जानकारी दिएका छन । शाहीका अनुसार त्यस्तै बिनायक कलेजमा पनि संगठन बिस्तार भएकाे छ । जसमा पुनित कुमार शाहको अध्यक्षतामा १३ सदसिय मुल ईकाई समिति गठन गरिएको छ ।

उक्त भेलाले उपाध्यक्ष सुप्रभा लुङ्गेली,सचिव अर्जुन ठाकुर लोभार सहसचिब रक्किनान कुवर र कोषाअध्यक्षमा मुकेश मेहतन चयन गरेको छ । उक्त भेलामा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य भिष्मकुमार शाहीले औपनिवेसिक शिक्षाको खारेजि गर्न सवै विध्यर्थिहरु एकतावद्ध हुनुपर्ने र बैज्ञानिक समाजबादि शिक्षाकोबारेमा बैचारिक प्रशिक्षण दिएका थिए ।

साथै उक्त भेलामा केन्द्रीय सचिवालय सदस्य गणेश रैकाल ,केन्द्रीय सदस्य लोकेन्द्र सार्की,पुस्प न्यौपाने,शैलेन्द्र घिमिरे सिटिइभिटि जिल्ला संयोजक प्रज्वल शाहीको समेत विशेष उपस्थिति थियो