साम्राज्यवादका प्रतिनिधि पात्रको आतंककारी धरपकड र युवा सम्मेलन

प्रतिक्रियावादीहरु असफलतालको चिहानबाट सफल चुलीमा उक्लिन प्रजातान्त्रिक तथा देशभक्त शक्तिमाथि आफ्नो किचकन्याको रुपमा तर्साउने गर्छन । उनीहरुको अन्तिम मृत्युको अस्तु खरानी नमेटिदासम्म जनता र देशलाई तर्साइ राख्नु यो उनीहरुको सिद्धान्त हो । – माओत्सेतुङ

लेखक

नेपाल राजनैतिक अस्थिरता आर्थिक सामाजिक समस्यामा बल्झिरहेको बेला र राष्ट्रियता चरम संकटमा परेकोबेला नयाँ राजनैतिक सामाजिक सदभाव राष्ट्रिय स्वाधीनता र सर्बहाराबर्गको मुक्तिको नयाँ मार्गचित्र निर्माणकालागि नेकपा निकट युवा जनस्वयमसेबकले राष्ट्रिय सम्मेलन मार्फत साम्राज्यवाद तथा नवसामन्तवाद अमेरिकी दलाल तथा भारतीय पिछलगु नोक्करशाही राजनीति दल नेपाल र नेपाली जन्ताको भाग्य भबिष्य निर्माण गर्नको लागि गर्न खोजिएको तेस्रो सम्मेलनबाट आतंकित र भयभीत भएर अमेरिकी तथा युरोपेली साम्राज्यवाद र भारतिय बिस्तारवादको अपवित्र राजनीति बलात्कारबाट जन्मेको नेपाली दलाल अबसरवादी शक्ति इसराको बुख्याचा सरकारले सम्मेलन असफल पार्न आफ्नो नक्कली प्रजातान्त्रिक रुपधारण देखायो ।

जस्ले सयौंको सख्याम गिरफ्तार गरेर सम्मेलनमा असर पुर्‍याउने धुर्त दुस्साहस गरेको घामझै छर्लङ्ग छ । यसबाट के कुराको प्रमाणित हुन्छ भने साम्राज्यवाद तथा घरेलुु दलाल संसदवाद एकीकृत जनक्रान्तिको नयाँ मार्गचित्रबाट त्रसित र भयभित भएको प्रमाणित गर्दछ जस्ले बिश्व सर्बहारा वर्गसंघर्षलाई मुर्तिकृत र संगठित पार्नेकाम गर्नेछ । भने अर्कोतिर उत्पीडित राष्ट्रको स्वाभिमानी सार्बभौमसत्ता सम्पन्न राष्ट्र निर्माण कार्यमा नयाँ ढोका खोल्ने छ । यो कुरालाई थाहा पाएर बर्तमान मृत सामन्तबादको किचकन्याको रूपमा देखियको बुखेचा सरकार

र अमेरिकी गोरा इसाइमिसन जर्ज सोरस फादरमोनको नेपाली लाइसेन्सको रूपमा देखापरेको वली सरकारले आफ्नो दलाल चरीत्र प्रदर्शन गरेको हो । जसबाट भयभित नभएर सम्मेलन स्थल परिवर्तन गरेर भएपनी सम्मेलनको उदघाटन बन्दसत्र सुरु भएको छ । दलाल सरकार र यसको मुख्य डोनर गोरा साम्राज्यलाई यो हेक्का होसकी दमन र हस्तक्षेपको नितिले अरु बलियो र शसक्त भएरै सम्मेलन समापन हुन्छ।

एकीकृत जनक्रान्ती नेपाली युवा र वर्तमान सरकार

एकीकृत जनक्रान्ती भनेको उत्पीडित बर्ग ,जाती र राष्ट्रको मुक्तिको लागी स्थायी मुक्तिको मार्गदर्शक सिद्धान्त हो । जसलाई उत्पीडित बर्ग जातिलाई र राष्ट्रलाई बेखबर बनाउन अमेरिकी साम्राज्यवाद भारतिय बिस्तारबाद तथा स्वदेशी दक्षिणपन्थी अबसरबादी शक्ति चौतर्फी घेराबन्दीमा पार्न आफ्नो बलबुताले भ्यायसम्म गडबडी गर्न मिडिया कु प्रचारबाजिगर्न लागिरहेका छन । जसको सुरुदेखि नेकपा माथी निगरानी र प्रहरी धरपकडलार्इ लिन सकिन्छ ।
एकीकृत जनक्रान्तिको भामभुमिलाइ नेपाली भुमिबाट बिश्वब्यापी सर्बहाराकरण गर्न युवा शक्ति लागेपछि युवाहरूलाई तितरबितर पार्न खोज्नु कुनै अनौठो होइन । युवा शक्तिको बर्तमान अबस्थामा एकीकृत जनक्रान्तिप्रतिको आक्रमण देखेरै साम्राज्यवाद र घरेलु दलाल नवसामन्तबादी शक्ति आतंकित बनेको यथार्थ हो ।

बर्तमान सरकार कुनै लोकतान्त्रिक र लोकप्रिय राष्ट्रबादी नभएर गोरा साम्राज्यको भरिया हो । संघियता र धर्मनिरपेक्षताको नारा लिएर भारतिय मोदि परिबार र अमेरिकी साम्राज्य इसाइमिसनको बैसाखी टेकेर हिडिरहेको भरिया हो । जसले राजनीति अस्थिरता राष्ट्रिय असुरक्षा दुबैलार्इ गम्भीर खतरामा पारेर आएको छ । यसबाट मुक्ति पाउनको लागि नेपाली श्रमजीवी जनता युवा विद्यार्थी पेशागत ईमानदार कर्मचारी राष्ट्रभक्ती शक्तिको केन्द्रीकृत र एकीकृत संघर्षको आबश्यक बनेको छ ।

वामपंथी राष्ट्रवाद र नेपालीको भबिष्य

नेपाली समाजमा एमाले भन्दापनी केपि वलि तिनचारबर्षदेखी लोकप्रिय र राष्ट्रबादी देखियको यथार्थ हो । बास्तबिकता केपि संंस्थापन परिवारको के हो ? त्यो बुझ्न जरुरी छ केपि वलिको अतितको राष्ट्रवाद गणतन्त्र र बर्तमानको राष्ट्रवाद गन्तव्य भबिष्यपनी त्यही हुनेछ । प्रचण्डले बोकेको कोसेली लियर सासू मनाउने ओलि र क्रान्तिको ब्यापार गर्ने प्रचण्डको चतुरार्इ दुबै नेपाल र नेपालीकालागी भयंकर खतरा छ्न ।

केपि ओलि र प्रचण्ड यतिबेला अमेरिकी तथा युरोपेली साम्राज्यवादको दरो निगरानीमा अस्थिर राजनीतिको गोटिमात्रै हुन यी दुबैको चुनावी एकता कुनै सुनौलो र सुन्दर समृद्ध नेपालको लागि नभएर चरम पदखोर उग्र महत्वाकांक्षी चिन्तनको फाइदा पश्चिमेली मुलुकले लिन खोजेको हो । जसको गुरुयोजना मधेसका विरुद्धमा मधेसी समुदायलाई उचालेर मधेस खतरामा पार्ने गुरुङका विरुद्धमा गुरुङ दलितको विरुद्धमा दलित जनजातिका विरुद्धमा जनजाति हिन्दुका विरुद्धमा हिन्दु उचालेर देशमा चरम अस्थिरता राजनीति दन्द्ध फैलाउने वैदेशिक चालबाजिका ईमानदार र बफादार प्रतिपालक बर्तमान सरकार हुनेछ । जसको प्राकाष्ठ प्रदेश र केन्द्र आदिमा समस्या देखापरेको छ।

कम्युनिस्ट सिद्धान्तबाट च्युत एमाले र माके

बाबुरामको कम्युनिस्ट राजनीति बैहिरगमन पछि प्रचण्ड गुटमा बैचारिक बिचलन जातीय छेत्रीए गुट उपगुटको ब्यबस्थापन गर्न नसकेर प्रचण्डले क्रान्तिकारी आन्दोलनलाई ब्यापार गर्न थालेका छन । झापा बिद्रोहबाट फर्किसकेका एमालेले राजा सहितको समाजबाद भनेर कम्युनिस्टको दस्तावेजले राजाको मुख छोपेर राजतन्त्रको सेवामा बिन्तिपत्र चढाएको एमालेसँग बामपंथी चुनावी एकता अन्तमा पार्टी एकता भनेर ढुवाङ पिटेपनी प्रचण्डले पार्टीको ब्यबस्थापन गर्न नसकेर माओवाद धरौटीमा राखेर ब्यापार सुरुगर्ने सुरमा छन ।

केपि किन्ने सुरमा छ्न यी दुबैपार्टी कम्युनिस्ट सिद्धान्तबाट च्युत भएका शक्ति हुन । त्यसैले बैज्ञानिक समाजबादको स्थापनाको लागी एकीकृत जनक्रान्तीको सिद्धान्त अनिवार्य बनेको छ । जसको दिगो स्थायीत्वको लागि युवाको महत्त्वपूर्ण भुमिका रहेकोे थियो । त्यसैलाइ कार्यरुप दिन गरिएको सम्मेलनमा राज्यको ज्यादती हुनु भनेको अमेरिकी युरोपेली भारतिय सेकुरालिटको अपबित्र गठबन्धनले दिएको बर्तमान सरकार हो ।