अखिल क्रान्तिकारी पुर्वाञ्चल विश्वविद्यालयद्धारा कान्तिपुर सिटि कलेजमा इकाई कमिटि गठन

अखिल (क्रान्तिकारी)पुर्वाञ्चल विश्वविद्यालयले आज कान्तिपुर सिटि कलेजमा सेमेस्टारतर्फ बिभिन्न सेक्सनमा आज एकैदिन पाँच वटा सेक्सन ईकाइ कमिटि गठन गरेको छ । (क्रान्तिकारी)पुर्वाञ्चल विश्वविद्यालयको २१ औं रास्ट्रीय सम्मेलनको बृहत तयारी तथा संगठन सुदृढीकरण अभियान अन्तर्गत आज कलेजमा भएको भेलाले Civil पहिलो सेमेस्टारको A सेक्सन पहिलो सेमेस्टारमा नवराज थापाको अध्यक्षतामा १७ सदस्यीय सेक्सन ईकाइ कमिटि गठन गरिएको छ ।

यस्तै बी सेक्सनमा प्रेम प्रकाश पोख्रेलको सदस्यतामा १९ सदस्यीय र तेस्रो सेमेस्टारमा विकास कँडेलको अध्यक्षतामा १३ सदस्यीय कमिटि गठन गरिएको छ । त्यसैगरी आजै ईभिनिङ सिफ्टको पहिलो सेमेस्टारमा चतुर्भुज उपाध्यायको अध्यक्षतामा १५ सदस्यीय र पाचौं सेमेस्टारमा सेमेस्टारमा अविशेक थापाको अध्यक्षतामा २१ सदस्यीय सेक्सन ईकाई कमिटि गठन गरिएको जनाईएको छ ।

भेलामा अखिल (क्रान्तिकारी)का पूर्वाञ्चल संयोजक भिष्म कुमार शाही, पोखरा विश्वविद्यालय संयोजक गणेश रैकाल , केन्द्रिय सदस्य लोकेन्द्र सार्की ,सिटिईभिटि संयोजक प्रजोल शाही ,केन्द्रिय सदस्य पुष्प न्यौपाने लगायतको सहभागीता रहेको थियो । उक्त भेलाले छिट्टै कान्तिपुर सिटि कलेजमा ईकाई सम्मेलन गर्ने पनि निर्णय गरेको छ ।