क्रान्तिकारी पार्टी भित्रका छदमभेषीहरु

अहिले नेकपाका नेता कार्यकर्ताहरुको राजिनामाको लहर जुन चलेको छ यसले पार्टीलाई क्षति त हुन्छ नै अन्य प्रतिबद्ध नेता कार्यकर्ताको मनोबल पनि गिराउँछ । यसमा पार्टी नेतृत्व पङ्ति गम्भिर हुन जरुरी छ । समस्या कहाँ हो पहिचान गरी हल गर्नुपर्छ । साच्चिकै अन्यायमा परेका कार्यकर्ताको भाबनालाई नेतृत्वले बुझ्न जरुरी छ । तर यो राजिनामाको लहरमा सच्चिकै अन्यायमा परेका कम र छदमभेषीहरु धेरै छन । यो लहरले केही लुकेका छदमभेदहरु खुलाएको छ ।

पार्टि, सङ्गठन, बिचार र शिद्धान्त भाबनाबाट बिकसित हुने कुरा होइनन न त आबेगबाट । यि कुराहरु त विवेक, साहस र धैर्यताबाट बिकसित हुने गर्दछन। राजनिति र बास्तविक पार्टी जिवन यस्तो कुरा हो जुन हेर्दा, सुन्दा, पढ्दा र बुझ्दा जति सहज देखिन्छ, ब्यबहारमा उतार्न उत्तिकै गाह्रो हुन्छ । बिबेक, साहस र धैर्यता नहुनेहरु राजतितिमा टिक्न सक्दैनन र जोसङग यि कुराहरु छन र आफ्नो ब्यक्तिगत जीवनको प्रवाह नगरी जनताको सेवामा तत्पर रहन्छ अन्तत उ नै राजनेता कहलाउँछ ।

समसामयिक बिषयमा कलम चलाउने चन्द युवा लेखक हुन ।

नेपाली राजनितिमा सुरु सुरुमा पार्टी, सङ्गठन र सिद्धान्त प्रति अतिनै लगाब देखाउने र छोटो समयमै त्यो लगावलाई झारेर माइनसमै पुर्याउने ट्रेन्ड प्रसस्त देखिन्छ । अझ भनौ जुन ब्यक्ति पार्टि प्रति अलि बढिनै लगाव देखाउछ, आफु जस्तो क्रान्तिकारी अरु कोहि छैन भन्छ उ नै अन्तत सबै भन्दा छिटो पलायन भएको देखिन्छ ।

एकिकृत जनक्रान्ति नामक कार्यदिशाको साङ्गठनिक अभिब्यक्तिको रुपमा नेपाल कम्युनिष्ट पार्टि निर्माण भएपछि एक पार्टिबाट अर्को पार्टिमा प्रबेश गर्नु फेसन जस्तै भएको छ । चाहे त्यो केन्द्र स्तरको नेता होस या स्थानिय, उसले फेसबुकमा पार्टी छाडेको घोषण गर्दै बिज्ञप्ती निकाल्छ अनि त्यहा कमेन्ट गर्ने दुइ किसिमका  हुन्छन । एउटा हाम्रो पार्टिमा स्वगत छ भन्दै हात पसार्ने र अर्को गद्धार भन्दै गाली गर्ने । २/३ दिन उ चर्चाको बिषय बन्छ म्यासेन्जरमा म्यासेजका चाङ्ग लाग्छन ।

फोनले सुस्ताउने फुर्सदै पाउदैन, बार्गेनिङ्ग चल्छ, उसले पनि आफु नेता भएको महसुस गर्छ र भुल्छ राजनैतिक निष्ठा, सैद्धान्तिक बिचार, कर्तब्य, स्वाभिमान, पार्टिप्रतिको आफ्नो लगानि, कार्यकर्ताको बिस्वास, जनतालाई आफुले गरेको बाचा, पार्टिको नाममा खाएको सफत सबै सबै । अनि केहि दिन पछि अर्को ब्यक्तिले निकाल्छ बिज्ञप्ती अनि सबैको ध्यान दोस्रो ब्यक्तिमा जान्छ । पहिलो लाई सबैले त्यसै गरी भुल्छन जसरी उसले सबै सबै भुलेको थियो अनि उ बिलाउछ, टाढा रहन्छ राजनितिबाट ।

अहिले नेकपाका नेता कार्यकर्ताहरुको राजिनामाको लहर जुन चलेको छ यसले पार्टीलाई क्षति त हुन्छ नै अन्य प्रतिबद्ध नेता कार्यकर्ताको मनोबल पनि गिराउँछ । यसमा पार्टी नेतृत्व पङ्ति गम्भिर हुन जरुरी छ । समस्या कहाँ हो पहिचान गरी हल गर्नुपर्छ । साच्चिकै अन्यायमा परेका कार्यकर्ताको भाबनालाई नेतृत्वले बुझ्न जरुरी छ । तर यो राजिनामाको लहरमा सच्चिकै अन्यायमा परेका कम र छदमभेषीहरु धेरै छन । यो लहरले केही लुकेका छदमभेदहरु खुलाएको छ ।

पहिलो भेद,

यदि उनिहरुलाई एकिकृत जनक्रान्तिको कार्यदिशा गलत लागेको भए फरक बिचार राखेर बहस चलाउथे त्यसो गरेनन् यसको मतलब कार्यदिशा प्रति बिमति छैन र कार्यदिशा गलत पनि छैन भन्ने पुष्टि हुन्छ । यो केबल प्राबिधिक पद प्रतिष्ठाको बिषय हो जुन कुरा जहा समस्या छ । सम्बन्धित नेताले हल गर्नु पर्छ र सकेसम्मको लचकता अपनाई कार्यकर्ताको रक्षा गर्न जरुरी छ । तर यसको मतलब यो होइन कि भोक मरे पछि खाना रुचेन भनि निहु खोज्नेको माग पुरा गर्नुपर्छ ।

दोस्रो भेद ,

यसरी पार्टी छाड्नेहरु हेडक्वाटरको ओरिपरी घुम्ने मान्छेहरु धेरै छन यसले के कुरा प्रष्ट पार्छ भने हिजो पार्टी निर्माण गर्दा उनिहरुको चर्को समर्थन कार्यदिशाकोलागी थिएन केवल आफ्नो स्वार्थको लागी थियो । प्रतिपक्ष पार्टीमा बसेर पैसाको चलखेल र बार्गेनिङ् गर्न सकिन्छ भन्ने हेतुले आएका थिए ।

तेस्रो भेद,

जतिले पार्टी छाडेका छन धेरै माकेमा प्रबेस गरेका छन । हिजो जुन पार्टिको शिद्दान्त गलत छ, प्रतिक्रान्तिकारी बाटोमा हिड्यो, सम्सदिय भासमा फस्यो भनि अफैले बिगुल फुकेका थिए । आज पनि माकेको कार्यदिशा उहि छ, संसदवादी भाषबाट बाहिर निस्केको छैन अझ एमाले सङ्ग एकता गरेर सम्सदिय ब्यबस्थाको मुख्य मालिक बन्न खोज्दै छ त्यसलाई आज उनिहरु कसरी ठिक छ भन्न सकिरहेका छन ? यसले के पुष्टि हुन्छ भने उनिहरु माकेमा शैद्धान्तिक समर्थनमा गएका छैनन केबल भोको पेट भर्न गएका छन ।यस्ता ब्यक्तिहरु जुन पार्टीमा रहेपनि कसैको भलो गर्दैनन क्रान्तिलाई सधै घाटानै पुर्याउछन । उनिहरु पार्टीभित्र नरहेकै ठिक छ ।

चौथो भेद,

सङ्गठनको काम भन्दा आर्थिक र भौतिक कार्बाहिका बिषयमा बढि चासो दिने, पार्टी नेतृत्वलाई छिटो सङ्घर्षमा जानु पर्छ भन्दै उक्साउने, आफु हेडक्वाटरको राइटह्यान्ड हुँ भन्दै हल्ला पिटाउनेहरु नै अहिले धमाधम पार्टी छाड्दै छन यसबाट के बुझ्न सकिन्छ । भने नेकपालाई पार्टीभित्र बसेर हामी छौ भन्दै उक्साउने, अन्य पार्टीकाले पनि हतियार बोक हामी आउछौ भन्दै बिश्वास दिलाउने र यदि हतियार बोकि सङ्घर्षमा गैहाल्यो भने आफु पछि हटेर क्रान्तिलाई बिसर्जन गराउन एउटा ठुलै टिम लागेको छ भन्ने कुरा लाई नकार्न सकिदैन । यस बिषयमा नेतृत्व पङ्ति चनाखो हुन जरुरी छ ।

यी सबै कुरा हेर्दा पार्टीले अझै धैर्यता अपनाउनुपर्ने देखिन्छ  । यस्ता प्रबृत्तिका मान्छेहरु पार्टीभित्र अझै बिद्द्यमान छन र उनिहरुलाई बढारेर फाल्न जरुरी छ । कार्यदिशा ठिक छ भनि पार्टी निर्मणमा लागेका नेता कार्यकर्ता अन्त्य सम्म अबश्य बस्नेछन र उनिहरुलाई आफ्नो बिचार र पार्टीप्रति पुर्ण बिश्वास छ ।

ब्यक्तिगत स्वार्थ पुरा गर्न आएकाहरु आज या भोलि अबश्य भाग्छन, यसले पार्टीलाई क्षणिक घाटा भएको महसुस त होला तर दिर्घकालिन रुपमा फाइदा नै हुन्छ । अहिले नै सङ्घर्ष सुरु गर्दा यि मान्छेहरु बिचबाटै अबश्य भाग्ने छन र पार्टीले ठुलो घाटा बेहोर्नु पर्ने छ तसर्थ धैर्यताका साथ सङ्गठन सुदृढ र बलियो बनाउदै जनता प्रति उत्तरदायी हुने र राष्ट्रीय एजेन्डाहरु उठाउदै प्रतिपक्ष राजतिकिको भुमिका कुसलता पुर्बक निभाउने, नेता कार्यकर्तालाई पारिवारीक तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउने, चन्दाको भरमा चल्ने ट्रेन्डलाई हटाउने, युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न प्राबिधिक शिक्षा तथा रोजगारीको अबसर सिर्जना गर्ने जस्ता कामहरु गर्नु अहिलेको आबश्यकता देखिन्छ ।

जब पार्टी भित्रका छ्दम्भेषिहरु सतहमा आउनेछन र पार्टीको वास्तबिक शक्ति मापन हुनेछ, संसदिय ब्यबस्थाले जनतालाई स्थानिय तह सम्म पुगेर लुट्न थाल्नेछ, जनतामा क्रान्तिको अपरीहार्यता बोध हुनेछ तब सङ्घर्ष प्रभाबकारी हुन्छ । त्यो समय सम्म हामी धैर्य हुन जरुरी छ । नेपालमा क्रान्ति सम्भब मात्र होइन जरुरी नै छ भन्ने कुरा जनतालाइ बुजाउदै जाऔ । बिबेक, साहस र धैर्यतालाई अझ मजबुत बनाउदै जाऔ । बैग्यानिक समाजवाद हुदै साम्यवादको बाटो उज्जल छ, जित हाम्रै हुनेछ ।