मोटरबाटो जोडिन थाले कुरेलीका गाउँहरु

रोल्पा कुरेलीका गाउँहरु मोटरबाटोले जोडिन थालेका छन । दुईखोली १ कुरेली अन्र्तगतका उपावाङ, सरावाङ, चैत्यलेक, सर्सुबारी, कुरेली, धानावारा लगाएत गाउँहरुमा मोटरवाटो पुर्याईएका छन । गाउँमा मोटरवाटो पुगेपछि त्यहाँका सर्वसाधारणले विकासको आभाष गर्न थालेका छन ।

टेलिफोन सेवाबाट समेत वन्चित त्यहाँका नागरीक गाउँमै बाटो पुग्न थालेपछि भने खुशी भएका छन । विगतमा कुरेलीबाट दाङ र दाङबाट गाउँसम्म पुग्न धेरै दिन पैदल हिड्नुपथ्र्यौ तर अहिले भने मोटर बाईक र गाडीमा सवार गर्न पाईएको छ उपावाङकी मैता बुढाले खुशी व्यक्त गर्नुभयो ।

उहाँले अव गाउँसम्म बाटो खुल्न थालेपछि एकै दिनमा दाङ पुग्न सकिने बताउनुभयो । निकै विकट मानिने त्यस क्षेत्रमा स्थानीय र दलहरुको पहलमा गाउँगाउँमा मोटर बाटो पु¥याउने काम भईरहेका छन ।  साविकको कुरेली गाविसका सबै गाउँहरुमा मोटरवाटो पुर्याउने अभियान अन्तर्गत थुपै्र स्थानमा डोजरको सहायतामा बाटो खन्ने काम पनि भईरहेको छ । धेरैजसो गाउँहरुमा वाटो पुगेपछि गाउँमा उत्पादित कृषिजन्य बस्तुको निर्यातमा सहयोग पुग्न थालेको स्थानीयको भनाई छ ।।