बिकासको गति तिब्ररुपमा बढेपेछि बिस्तारै मुस्कुराउन कोशिस गर्दैछ रोल्पा

होेलरी रोल्पा राज्यको समान दृष्टि पुग्न नसकेको गुनासाहरु सुनिने रोल्पामा अव भने विकासका शब्द सुनिन थालेका छन । कुनैेबेला राज्यको व्यवहार सौतेनी भयो भनेर विद्रोहको केन्द्रबिन्दु बनेको रोल्पामा अव भने बिस्तारै गाउँगाउँमा विकासका लहर चल्न सुरु गरेका छन । थुप्रै खाले समस्याहरु रहेको भन्दै नेकपा माओवादीले १० वर्षे शसस्त्र द्धन्द्ध सुरुवात गरेका कारण रोल्पा चर्चामा आयो भने धेरे बर्ष थला समेत पर्यो ।

तर शान्ति प्रक्रियापछि भने रोल्पाले विस्तारै द्धन्द्धका घाउमा मल्हम लगाउँदै हाँस्न सुरु गरेको छ । नेकपा माओबादीद्वारा २०५२ फागुन १ गतेदेखि सुरु भएको द्धन्द्धका क्रममा थुपै्र विकासका संरचनामा क्षति पुगे भने थुप्रैले ज्यान मात्र गुमाएनन् सर्वसाधाण विस्थापित समेत हुन पुगे । सम्झदा पनि डर लागेर आउने कठिन समय पार गरेका रोल्पालीहरु अव भने दशकअघिको द्धन्द्धका घाउहरु मेटाउने कोशिस गर्दै विकासको नारा लिएर अगाडी बढेका छन ।  विगतमा आफ्ना समस्याहरु राज्यसम्म पुर्याउने माध्यम नपाएका जिल्लावासीहरु अव भने सन्चारको प्रयोगसंगै आफ्ना गुनासा तथा समस्याहरु संम्वन्धित निकाय समक्ष पुर्याउन थालेको होलेरीका समाजसेवी युवराज चन्दको ठम्याई छ । जिल्लामा विकासका पुर्वाधारहरु गाउँसम्म पुग्न थालेपछि दैनिकी पनि सहज हुन थालेको बताईएको छ ।

दुर्गम र विकटको नाउले चिनिने रोल्पाका कुना कन्दरामा संंचारको विकास हुनुका साथै मोटरबाटो पुगेका छन भने व्यापारीक चहलपहल पनि बढेका छन । नुन देखि सुनसम्मका लागी महिना दिनसम्म कोईलावास पुग्ने यहाँका नागरीक अव भने घर आँगनमै अत्यावश्यक सामानहरु सहजै प्राप्त गर्न पाएका छन । संचारकर्मी कमल खड्काले गाउँगाउँमा बाटो पुगेपछि भान्छाका सामान देखि सम्पुर्ण सामाग्री सहजै पाउन थालेपछि जीवन सहज बन्दै गएकोमा खुशी व्यक्त गरे ।

हाल जिल्लालाई स्थानीय तहको संरचनाअनुसार गाउँपालिका र नगरपालिकामा विभाजन गरिएपछि विकासका गतिविधि अव गाउँमैत्री हुन थालेको बताईन्छ । रोल्पामा अहिलेसम्म आधा दर्जन रेडियो, त्यत्तिकै संख्यामा पत्रिका, अनलाईन मिडिया जस्ता संचारको विकास मात्र भएका छैनन गाउँगाउँमा मोटरगाडी गुड्न थालेका छन । विकासको महत्व बुझ्न थालेका यस क्षेत्रका सर्वसाधारण आफ्ना समस्याहरु मिडिया मार्फत राज्यलाई लागी खबरदारी गर्न आँट गर्दैछन ।।