नेकपाले सुरु गर्यो सीमा क्षेत्रमा खवरदारी अभियान, कोइलावासमा राष्ट्रिय झण्डा गाडियो
राष्ट्रियताको मुद्धा उठाएर फरक राजनीतिक यात्रा तय गरेको विप्लव निकटको नेपाल कम्युनिष्ट पार्टीले सीमा क्षेत्रमा खवरदारी अभियान सुरु गरेको छ । वर्तमान सरकारको कार्यशैलीप्रति असहमति जनाउँदै आएको उक्त पार्टीका भातृसंगठनहरुले अव नेपाल भारत सीमा क्षेत्रमा पुगेर नेपालको झण्डा गाड्न थालेको बताएका छन ।
यसैक्रममा संगठनको केन्द्रीय कार्यक्रम अनुसार अखिल क्रान्तिकारीले दाङको कोइलावास नाकामा सीमा अतिक्रमनका विरुद्ध विरोध प्रदर्शन गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा गाडेको छ । सो संगठका हेमन्त जीसिका अनुसार संगठनका केन्द्रीय सचिवालय सदस्य तथा राप्ती क्षेत्रिय समन्वय समिती संयोजक नरेन्द्र वि क लगाएतको उपस्थितिमा सीमामा पुगेर झण्डा गाडिएको हो ।
सिमा अतिक्रमण, राष्ट्रिय एवं अन्तर्रा्ष्ट्रिय सन्धि सम्झौताका विरुद्ध दाङको कोइलावास नाकामा विरोध प्रदर्शन गरिएको उहाँले वताउनुभयो । विरोध प्रदर्शनका क्रममा भारतीय हस्तक्षेप बन्द गर, राष्ट्रियताका लागी जागरुक बनौ लगाएतका नारा लगाईएको थियो ।।