राजपा र फोरमले भाग मागे

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि तीन जनाको नाम सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। आजको नागरिक दैनिक अगाडि लेख्छ( सरकारको सिफारिसमा एक महिलासहित तीन जनालाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय जनता पार्टी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एकरएक सिट आफ्नो दललाई दिनुपर्ने माग राखेका छन्। स्रोतका अनुसार सरकारले सिफारिस गर्ने तीन जनाको एकरएक सिट आफूहरुले पाउनुपर्ने माग राजपा र फोरमका नेताहरुले प्रधानमन्त्रीसमक्ष राखेका हुन् ।

प्रदेश २ राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने बेलामा नेपाली कांग्रेससँग भएको वार्तामा फोरम र राजपाले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एकरएक सिट आफूहरुले पाउनुपर्ने प्रस्ताव राखेका थिए।