गायक दीपेश श्रेष्ठको “बिर्सन सक्दिन” गीतको म्युजिक भिडोयो सार्बजनिक

गायक दीपेश श्रेष्ठ बड्स ब्यान्डको “बिर्सन सक्दिन” गीतको म्युजिक भिडोयो सार्बजनिक भएको छ । अष्ट्रेलियाको मेलवर्न निवासी सुनोद श्रेष्ठको निर्देशनमा बनेको बिर्सन सक्दिनुुमा सुरज श्रेष्ठको शव्द, दिपेश एण्ड द व्याण्ड को सङ्गीत रहको छ भने भिडियोमा सन्दिप श्रेष्ठको सिनेमाटोग्राफी र प्रबीण श्रेष्ठको सम्पादन रहेको छ ।

मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको बिर्सन सक्दिनुुमा निर्देशक सुनोद श्रेष्ठ र एन्जी मुल्मीश्रेष्ठको अभिनय रहेको छ ।  सुनोदले यस अघि अस्ट्रेलीयाबाट निर्मण र प्रशारण भैरहेको केहि टि भी सीरिजहरुमा अभिनय गरेका भए पनि म्युजिक भिडियो भने तेश्रो हो । भिडियोको केही अंश जापानमा पनि सुट गरिएको छ ।

१९९८ तिरको प्रचलित गीत “बिर्सन सक्दिन” गायक दीपेश श्रेष्ठले जापानमा रहेका आफ्नो नयाँ ब्यान्ड दीपेश एन्ड द ब्यान्ड बाट नौलो तरिकाले संगीत एरेन्ज गरेर पुन बजारमा ल्याएका हुन् ।  एस इभेन्ट्सका डाइरेक्टर समेत रहेका अस्ट्रेलियाको मेलबर्न निवासी श्रेष्ठले म्युजिक भिडियो लगायत विभिन्न म्युजिकल इभेन्ट्सहरु नेपाली एक्पोहरुको साथै प्रोडक्सनका कामहरु गर्दै अाएका छन  ।

भिडियाे सहित