लागुऔषध नियन्त्रणका लागी कार्ययोजना तय

ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाले लागुपदार्थ नियन्त्रणका लागी कार्ययोजना तय गरेको छ । प्रहरीले यस क्षेत्रमा लागु ओषधको खेती र उत्पादनमा नियन्त्रण गर्ने, लागु औषध ओसारपसार, संचय र भण्डारण तथा खरिद विक्रिमा नियन्त्रण गर्ने बताएकाे हाे ।

शान्त सामाज निर्माणका लागि प्रहरीले लागु औषध दुव्र्यसन नियन्त्रण लगायतका योजना अघि सारेको छ । यसैगरी विद्यालय तथा क्याम्पसमा पुगेर सचेतना कार्यक्रम गर्ने, सरोकारवाला निकायवीचको सहकार्यमा जोड दिने जानकारी दिएको छ ।

साथै, उल्लेखित योजनाका लागी सात सदस्य रहेको एक समिति पनि गठन गरिएको छ । सदस्यहरुमा प्रहरी नायव निरिक्षक खड्ग वहनदुर डाँगी, प्रहरी सहायक निरिक्षक शम्भु धिताल, समाजसेवी भुपाल बस्नेत, गोविन्द पुन, रेडियो होलेरीका स्टेशन म्यानेजर केशवराज चन्द, रेडियो सुनछहरीका स्टेशन म्यानेजर सन्तोष शर्मा, भिमकुमारी दशौदी लगाएत रहनुभएको छ ।