सुस्मा स्वराजको बेमौसमी आगमन र उल्झेको मौसमी राष्ट्रवाद

इमोस्नर्ल सामाजिक मनोबिज्ञानलार्इ सहि ढङ्गले उपयोगमा ल्याउन र सापेक्ष राजनीति फाइदा लिन बदनीयत हैसियतका ब्यक्तिहरु सिपालु हुन्छन – स्टालिन

लेखक

नेपाली समाजको भारतलाई बुझ्ने सामाजिक मनोबिज्ञान नेपाल र ब्रिटीस सरकारको बिचमा भएको सुगौली सन्धिसँगै चिसो सम्बन्ध यथावत रहि आएको हो । १९५० को सन्धि हुँदै भारतले नेपाल प्रती गर्दै आएको सिमानाको हठ व्यबहारले नेपाली जनता भारतप्रती बिरोधि बन्दै आएको र त्यसैको फाइदा सबैको राजनीति नारा बनेको तथ्य जगजाहेर छ। राणाहरुको अवसानपछि पञ्च्यायती पञ्चेहरुले चुनावका लोकप्रिय नारा नै बिकास र राष्ट्रिय सुरक्षालाई बनाउदै आएको इतिहाँस यथावत छ। त्यस्तै २०४६ साल पछिका चुनावहरुमा पुराना पञ्च र बहुदलीय संसदबादी राजनीति पार्टीको लोकप्रिय एजेन्डा राष्ट्रियता र प्रजातन्त्र नै बन्दै आएको छ ।

२०४८ सालमा नेपाली काँग्रेसको स्पष्ट बहुमत पश्चात् तीनबर्ष सरकार चलाउने मौका दिएको नेपाली जनमतको दुरुपयोग गरेर राष्ट्रियतामा खलल पुग्ने निर्णय जस्तै टनकपुर,कालापानी सम्झौताको प्रतिफल र त्यसको फाइदा दोस्रो मध्यावधि चुनावमा एमालेले पहल लिन सफल भएको थियोे । नेपाली जनताको राष्ट्रिय सुरक्षा र प्रजातन्त्र प्रतिको आशा र झुकाव एमाले प्रतीबढी केन्द्रीकृत बनेको सत्य थियो । एमालेले आफू ठुलो पार्टी बन्ने मौका पायो केहि सामाजिक लोकप्रियता काम गरेर स्थापित हुने मौका पायो । काँग्रेस राप्रपा र तत्कालीन मधेसवादी मोर्चा नेपाल सदभावना पार्टीको सयुक्त सरकार बनेको अबस्थामा एमाले प्रतिपक्षी दलको भुमिकामा थियो । ठिक त्यतिबेला भारतले महाकाली सिँचाइबाद उर्जा डाइभर्सन प्रस्ताव नेपाल सरकार समक्ष राख्दा बृहत धनराशिको चलखेल सँगै एमाले संस्थापन गुटले निशर्त महाकाली सम्झौता पारित गर्‍यो । त्यसकै प्रतिफल एमालेमा फुट भयो । एमाले नेता केपी वलिको देशप्रेमको भावना प्रष्ट भएको थियोे ।

सुस्मा स्वराजको बेमौसमी राजनीति भेटघाट भित्री रहस्य वास्तविकता 

भारतको उसको पुरानो नीति र वर्तमान निरन्तरता चाहाना नेपाली जनताले जति स्पष्ट बुझेका छन । त्यतिकै राजनीति दलहरू जानकार छन । संविधान सभाको दोस्रो चुनाव र संविधान घोषणापछि एमाले र माओवादी केन्द्रबिचको गठबन्धनमा बनेको सरकार र प्रधानमन्त्री केपि वली संविधान बिरोधि मधेसीमोर्चा र नाकाबन्दीको समजुक्तिले नेपाली जनता चरम भारत बिरोधि बनेको यथार्थ थियो ।

जसको अमुल्य फाइदा बालसोभाब्य हटकाधनी अन्तर्राष्ट्रिय कुटनैतिक क्षमताका असफलपात्र मुखमा देबिका मीठो सरस्वती बोकेका एमाले अध्यक्ष केपी वलीले लिएको सत्य थियो । जसको परिणाम स्थानीय चुनाव र प्रतिनिधिसभा प्रदेशसभाको चुनावसम्म एमालेलाई ठुलो राजनीति दलबन्ने सौभाग्य मिल्यो । यो सौभाग्य एमालेले सैद्धान्तिक प्रतिष्ठा नभएर सामाजिक मनोबिज्ञानको उपयुक्त प्रयोग हो । जसको जस वलीले पाउनु कुनै अस्वभाविक थिएन । संविधान घोषणासँगै भारतले नेपालमा गरेको नाकाबन्दी र खुल्ला रूपमा नेपाली जनता भारतको बिरोधमा प्रतिरोध मानसिकता बोकेर सडकमा ओर्लिनुले भारत आन्तरिक र बाहिय हिसाबले उदाङ्गो बनेको हो । भारतको अर्को निति नेपालको ठूलो राजनीति पार्टीलाई हातमा लिएर आफ्नो स्वार्थसिद्ध गरेको निरन्तरता चलि आएको छ ।

भर्खरै ५१ बिघा नेपाली भुभाग भारती पक्षले अतिक्रमण गरेको न्युहमा नेपाल भारत अर्को कटुता उत्पादन हुने र भारत अन्तर्राष्ट्रिय घेराबन्दीमा फस्ने खतराको सङ्केत सुस्मा स्वराजको आकास्मिक नेपाल आगमन हो ।अर्को भारतको गणतन्त्र दिवसको दिनमा भारतीय सेना प्रमुखले छिमेकी राष्ट्रहरुसँगको सुमधुर समन्ध कायम राख्नुपर्ने भन्ने अभिव्यक्तिले मोदिको नेपाल प्रतिको चिसो समन्ध मेटाउन पनि थियोे । अर्को मोदि परिवारले सन २०१९ मा भारतमा हुन लागेको चुनावलाई मध्यनजर गरेर नेपाल भारत बिचको तिक्तता मेटाउन चहान्थ्यो । सोही अनुरुपको बेमौसमी राजनीति भेटघाटमा आएको हो । अर्को बर्तमान एमालेले भारतप्रती दिदै आएको अभिव्यक्तिलाई जसरी सहज बनाउन सकिन्छ ।

त्यसरी हलगर्न मोदि परिबार तयार थियो । के खोजछस काना अँखा भने जस्तै केपी वलिले जसरी मोदिलाइ आफू नेपालको ठूलो राजनीति दलको रूपमा स्थापित भएको र भाबी प्रधानमन्त्री आफू भएको आडम्बर जानकारी सहित अब आउने दिनमा भारतसँग असल मित्रता र सहयोग सहकार्य गरेर जाने पत्र पठाउनुले मोदिले बेमौसमी पहल चालेका हुन यसमा ओलिको राजनीति आत्मसमर्पण बाहेक अर्को छैन ।

उल्झिएको राष्ट्रबाद र वैदेशिक हस्तक्षेप 

देश संविधान कार्यन्वयनको दिशामा अगाडि बढ्दै गर्दा प्रदेश राजधानीको चरम विवादसँगै राष्ट्र गम्भीर खतरामा परेको समयमा स्वराजको नेपाल भ्रमण रहस्यमय छ । केपि वली र प्रचण्डलाई अगाडि राखेर नेपालको शान्ती सुरक्षा र परराष्ट्रनिति भारतले हेर्नुपर्छ भन्नुले बामगठबन्धन र पार्टी एकता समेतलाई नयाँ सिक्किमिकरणको बाटोभएर गोराको प्रजातान्त्र र गान्धीको गणतन्त्र नेपाल भित्रीयो यो रहस्यमय छ ।