सार्वभौमसत्तालाई अक्षुण राख्न सरकारले सदैव ध्यान दिनुपर्ने : सीमाविद श्रेष्ठ

नेपालको सार्वभौमसत्तालाई अक्षुण राख्न सरकारको सदैव ध्यान जानुपर्ने बताईएको छ । सीमाविद बुद्धिनारायण श्रेष्ठले ‘नेपाल–भारतबीच विवादित सीमा क्षेत्रको सुरक्षा’ विषयक अन्तक्र्रियामा हाम्रा पूर्वजले हामीलाई सुम्पेर गएको सीमालाई बचाउन सरकार तथा सर्वसाधारण जनता सचेत हुनुपर्ने बताएका छन् ।

श्रेष्ठले नेपालको सीमा निरन्तर भारतीय पक्षबाट मिच्दै आएको र सरकार तथा स्थानीय प्रशासन मौन बसेकामा दुःख प्रकट गरे । दुई मुलुकबीचको सीमा खुल्ला हुन नहुने बताउँदै नेपाल–भारतबीचको सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने सुझाव दिए । भारतले पटक पटक सीमा मिच्दा पनि नेपाल सरकारबाट कुनै पहल नगरिएको भन्दै सुरक्षाका लागि सीमा सुरक्षा समूह गठन गर्नुपर्ने आवश्यकता औँल्याईएको छ ।

सीमा रक्षक राजेश कोइरीले आफूले सीमा रक्षा गर्न स्थानीय बासिन्दालाई लामो समयदेखि जनचेतना बढाउने काम गर्दै आएको जानकारी दिए । राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चले सीमाविद बुद्धिनारायण श्रेष्ठ तथा सीमा रक्षक राजेश कोइरीलाई नेपालको सीमा सुरक्षामा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरेको छ ।