प्रधानमन्त्रीले परिवार नियोजन संघकी अध्यक्ष सिजापतिलाई किन बोलाए राति ?

प्रधानमन्त्री शेरबहादुर देउवामाथि गम्भीर अारोप लागेको छ । नेपाल परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले सो अारोप लगाएकी हुन् । उनले प्रधानमन्त्रीलाई खुशी बनाउन राति भेट्न नगएको कारण अाफूलाई हटाइएको बताएकी छन् ।

प्रधानमन्त्रीले संघको वर्तमान कार्यसमिति विघटन गरेपछि अाक्रोसित बनेकी सिजापतिले अाफूले स्वार्थ पूरा नगरेकै कारण अन्यायपूर्ण तरिकाले संघ विघटन गरेको अारोप लगाएकी छन् । उनले प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणाले आर्थिक चलखेलमा विधान विपरित वर्तमान कार्यसमिति भंग गरेको आरोप लगाइन् ।

‘अन्तराष्ट्रिय मान्यता र परिवार नियोजन संघको विधान विपरित साधरण सदस्य समेत नरहने गरी कारबाही गरिएका छत्रबहादुर गिरीको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ’ संघ सिजापतिले भनिन् । उनले प्रधानमन्त्रीले राति बोलाएको अर्थ अाउने गरी भनिन्, ‘मैले प्रधानमन्त्रीजीको स्वार्थ पूरा गर्न सकिन, राति उहाँकहाँ जान सकिन, दिउँसो मसँग समय नै थिएन, त्यसैले मलाई अन्यायपूर्वक विधानविपरित हटाइयो ।’

उनले आफूले प्रधानमन्त्री देउवा र उनकी पत्नीलाई नभेटेकोले आफूमाथि अन्याय गरिएको अारोप लगाएकी छन् । संघको कार्यसमितिमा १२ जना रहने व्यवस्था हुँदाहुँदै देउवाले विधानविपरित १८ सदस्यीय समिति बनाएको भन्दै अध्यक्ष सिजापतिले आपत्ति समेत जनाइन् ।