जब ओलीले चर्को स्वरमा ‘‘भारत भाग्य विधाता जय हे‘’ भन्दै भारतीय राष्ट्रिय गान गाए….

नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको दिवाभोजमा नगएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निकै तारिफ भयो । राष्ट्रवादी नेता भन्दै केही सामाजिक प्रयोगकर्तादेखि मिडियामा ओलीको तारिफ भयो । भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा राजदूतावासले आयोजना गरेको अौपचारिक कार्य जाँदा कुनै राष्ट्रघात हुने त थिएन नै । सबै नेताहरुलाई झैं ओलीलाई पनि दूतावासले निम्तो पठाएको थियो तरपनि ओली नगएपछि धन्यवाद खाए ।

तर, उक्त धन्यवाद २४ बित्न नपाउँदै खेर नै गयो । शुक्रबार दूतावासमा आयोजनक गरेको कार्यक्रम नगएका ओली शनिबारको कार्यक्रममा भने सहभागी भए । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्स क्लवमा शनिबार आयोजित विशेष कार्यक्रममा एमालेका अध्यक्ष ओली सहभागी भए । राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उक्त कार्यक्रममा गोप्य रुपमा सहभागी भएका थिए ओली । भारतीय दूतावसले नै फोटो ट्वीटमार्फत सार्वजनिक गर्‍यो ।

कार्यक्रममा सहभागीको एक अतिथिले स्रोतसँग बताएअनुसार कार्यक्रममा भारतीय राष्ट्रिय गान गाइएको थियो । साउण्ड सिस्टमबाट बजाइएको गानमा सबै अतिथि सहभागी भएका थिए । भारतीय राजदूतसँग अग्रपंक्तिमा रहेका एमाले अध्यक्ष ओलीले भारतीय राष्ट्रिय गान गाएको बताएका थिए । कतिपयले मनमनै खाएका थिए भने कतिपय अतिथिले चर्को स्वरमा गाएका थिए । एमाले अध्यक्ष ओली पनि चर्को स्वरमा गाउँनेमा परे । ओलीले बीचको केही हरफबाहेक जन गण मन अधिनायक जय हे‘, भारत(भाग्य(विधाता जय हे, जय हे, जय हे ‘ओलीले चर्को स्वरमा लय हालेर गाएको बताइन्छ ।

रबीन्द्रनाथ टैगोरले लेखेको राष्ट‍्रिय गान ५२ सेकण्डसम्म बजेको थियो । शुक्रबारको कार्यक्रममा सहभागी नभएपछि भारतीय राजदूत ञ्जिभसिंह पुरीले फोन गरेर कार्यक्रममा नआउनुको कारण सोधेका थिए । जवाफमा ओलीले अर्को कार्यक्रम जोेधेको कारण आउन नपाएको भन्दै शनिबारको कार्यक्रममा आउने वचन दिइसकेका थिए ।