क्यान्सर पीडित मंगलालार्इ बचाउन जुटे सहयोगीहरु

होलेरी रोल्पा,क्यान्सर रोगबाट पीडित रोल्पाकी एक महिलाको उपचारमा समस्या भएको छ । दुईखोली गाउँपालिका १ मर्बाङ कुरेलीकी २० बर्षिया मंगला पुनलाई पेटको क्यान्सर भएपछि आर्थिक रकम जुटाउन अभियान समेत थालिएको छ ।  क्यान्सरपीडित पुनलाई बचाउनका लागि मंगला बचाऔं अभियान जारी राखिएको छ ।

अभियानलाई साथ दिदै देश बिदेशबाट सहयोग रकम जुटिरहेको बताईएको छ ।  यसैविच, चितवनस्थित क्यान्सर अस्पतालमा दुई महिनादेखि उपचार गराइरहेकी मंगला पुनलाई कुरेली समाज तथा अन्तर्रा्ष्ट्रिय सम्पर्क मञ्चले आर्थिक सहयोग गरेको छ । मञ्चको अगुवाईमा ७० हजार ५ रुपैयाँ पीडितकी आफन्त भिमकुमारी रोकालाई हस्तान्तरण गरिएको छ ।

मञ्चका प्रमुख सल्लाहकार हितमान बुढाका अनुसार उहाँको उपचारका लागि पहिलो किस्ता बापत १० हजार, अन्तर्रा्ष्ट्रिय सम्पर्क मञ्चद्धारा सञ्चालित कोषबाट ६० हजार ५ रुपैया र अन्य सहयोगीबाट जम्मा गरी पीडितका आफन्तलाई रकम स्तान्तरण गरिएको छ ।
मञ्चका संरक्षक कुम्भ बुढा, रोल्पाली ढाङढुङ समाजका अध्यक्ष नारायण रोका, उपाध्यक्ष सुरेन्द्र घर्ती, कुरेली प्रतिनिधि प्रबिन बुढा लगायतको एक टोलीले पीडितका आफन्तलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

वुवा कृष्ण र आमा बैशमाली पुनकी साइली छोरी मंगलाका दुई दिदी, दुई बहिनी र एक भाइ छन् । ठूलो परिवार र निम्न आर्थिक अवस्थाका कारण बुवा कृष्णलाई छोरीको उपचार गर्न कठिन भएपछि उहाँलाई सहयोग गर्न अभियान चलाइएको मञ्चले जनाएको छ ।।