छपकैयामा दिनदाहाडै भारतले सीमा मिचेको किन देख्दैन् सरकार ?
एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले पर्साको छपकैयामा नेपाली भुभाग भारतले मिचेको तथ्यसहितको प्रतिवेदन सार्वजनिक गरेका छन्। अनेरास्ववियु र अनेरास्ववियु ९कान्तिक्रारीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । प्रतिवेदनमा जंगेपिलर ३९१, ३९२ र ३९३ सम्मको करिब ४ किलोमिटर क्षेत्रमा ५० विघा भन्दा बढी नेपाली भूमी भारतले अतिक्रमण गरेको उल्लेख गरिएको छ।
स्थानीयवासीले फुटबल, क्रिकेट खेल्ने मैदानसमेत मिचेर भारततर्फ परेको प्रतिवेदनमा जनाइएको छ। सरकारी पक्षले एक इन्च सीमा नमिचिएको दाबी गरिरहेको अवस्थामा विद्यार्थी संगठनले तथ्यसहित नेपाली भूमी मिचिएको प्रतिवेदन तयार परेर प्रधामन्त्रीलाई बुझाएका हुन्। प्रतिवेदनमा भनिएको छ, ‘जग्गाधनी पूर्जा’ नागरिकताको प्रमाण पत्रलगायतका प्रमाणित तथ्यका आधारमा नेपाली भूमी भारतमा परेको स्पष्ट हुन्छ।
वीरगञ्ज महानगरपालिका वडा नं १, छपकैयामा नेपाली जनताले वर्षौंदेखि हकभोग गरी आएको, नेपाल सरकारले दिएको लालपूर्जा र तिरो तिरेको रसिदसमेत भएको कैयौँ विघा नेपाली भूमी भारततिर पर्ने गरी नयाँ नयाँ सीमा स्तम्भ गाड्न सुरु गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालले बिजोडी र भारतले जोडी मुख्य स्तम्भ ९जंगे पिलर बनाउने सहमति भएपनि भारतले मुख्य स्तम्भ नबनाएर सहायक स्तम्भ बनाउन काम गरेको छ। नेपालले मुख्य स्तम्भ ३९१ बनाइसकेको छ तर भारतले ३९२ नम्बरको स्तम्भ नबनाई सहायक स्तम्भ बनाइरहेको छ। नेपाल भारतको सीमानामा ९१६ मुख्य स्थल र ८५५३ सहायक स्तम्भ छन्।
भारतले बनाउने भनेको ३९२ नम्बरको मुख्य स्तम्भको ६ नम्बर सहायक स्तम्भ स्थानीयवासी रविन्द्र महतोको कित्ता नम्बर १४ को जग्गमा पर्न गएको छ। भारतले बनाएको पिलरले सिर्सिया नदीपारी रहेको कित्ता नम्बर १, २ र ३ लाई झनै रातारात भारतीय भूमीको रूपमा कायम गरिएको प्रतिवेदनमा उल्लेख छ।
देउवाको बाचा : एक इन्च पनि दिन्न
प्रधानमन्त्री शेरबहादुर देउवाले दुइ बिद्यार्थीसंगठनलार्इ नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । देउवाले सरकार त्याे प्रति कटिबद्भ भएकाे बताउदै एक इन्च भुमी मिचिन दिदैनाैँ भनेर अाश्वासन ब्यक्त गरेका थिए ।