यी हुन वृद्ध भत्ता पाउँने शिर्ष नेताहरू
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग गर्दै भने ‘ शेरबहादुरजी त सासद हुँदै हुनुहुन्छ के हतार भएको हो उहाँलाई रु उहाँले सत्तारी भएपनि पाइहाल्नु हुन्छ(वृद्धभत्ता), बेठिक ढंगले उहाँहरुले गर्नु भएको छ ।’
चुनावमा पराजित भएको देउवा नेतृत्वको सरकारले वृद्धभत्ताको प्राप्त गर्ने उमेर सीमा घटाउँदै ६५ वर्ष बनाउने निर्णयको चौतर्फी विरोध भएको छ। सरकारको यो निर्णय आगामी दिनमा निरन्तरता नपाउने संकेत एमालेले सोही पत्रकार सम्मेलनबाट गरेको छ। यदि सरकारको निर्णय कार्यान्वयन हुन्थ्यो भने अहिले राजनीतिको केन्द्रमा रहेका एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वमा रहेका अधिकांश नेताहरुले सरकारबाट वृद्ध भत्ता पाउने थियो ।
ओलीले भने जस्ता प्रधानमन्त्री देउवाले वृद्धभत्ता पाउनेको उमेरको सीमा नघटाएको भएपनि पाउने थिए। किनभने उनी ७१ वर्षका भए। यसअघि सरकारले ७० वर्षको समय तोकेको थियो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ७३ वर्षका भए, त्यसैगरी देउवा सरकारमा उप प्रधानमन्त्री रहेका गोपालमान श्रेष्ठ ७१ वर्षका भए भने कृष्णप्रसाद सिटौला ६८ र रामशरण महत ६७ वर्षका भए ।
त्यसैगरी देउवा सरकारमा उप प्रधानमन्त्रीहरु कांग्रेसका विजयकुमार गच्छदार र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका कमल थापाले वृद्ध भत्ताका योग्यताको नजिक रहेका छन्। गच्छेदार ६४ र थापा ६३ वर्षका छन्। त्यसो त एमालेका नेताहरु पनि वृद्धभत्ता खानलागि योग्य भएका छन्। ६६ वर्षका एमाले अध्यक्ष ओली मात्रै होइन, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र संविधानसभामा अध्यक्ष सुवास नेम्वाङ पनि यो वर्गभित्र पर्ने छन्।
उनीहरु सबै ६५ वर्ष काटेका छन्। गौतम ६९ वर्षका भएन भने खनाल ६८ र नेपाल तथा नेम्बाङ ६५(६५ वर्षका भए । एमालेका महासचिव ईश्वर पोखरेल अर्को वर्ष ६५ मा पुग्दैछन् भने भीम रावलले अझै दुई वर्ष कुर्नुपर्ने छ । मधेशवादी दल राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर ७० वर्षका भए, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अन्य नेता भन्दा कान्छा छन्। उनीहरु दुवै ६३(६३ वर्षका भए । माओवादी केन्द्रका राष्ट्रियसभाको उम्मेदवार बनाएका नेता दीनानाथ शर्मा ७३ वर्षका भए । त्यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ७७ र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा बिजुक्छे ७८ वर्षका भए ।