नेपालको भूमि भारततर्फ नगएको सरकारको दाबी

सरकारले वीरगन्ज महानगरपालिकाको र्सिसिया क्षेत्रमा नेपालको भूभाग नमिचिएको बताएको छ । नापी विभागले भारत सरकारले ५० विघा नेपालीको जमिन मिचेको भन्ने चर्चाको खण्डन गरेको हो। नापी विभागले एक विज्ञप्ति जारी गर्दै २०४५ पछि स्थिर सीमा सिद्धान्त अपनाउने क्रममा केही भूभाग भारततिर र भारतीय भूभाग नेपालतर्फ पर्न गएको मात्र हुनसक्ने दाबी गरेको छ।

भारतसँगको दशगजा क्षेत्रमा हराएका तथा पुराना क्षतिग्रस्त पिलरको मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिका(१ छपकैयाका १२ स्थानीयको ३० बिघा भन्दा धेरै नम्बरी जग्गा भारतमा पुगेपछि चर्को विरोध भइरहेका बेला नापीको यस्तो स्पष्टिकरण आएको हो ।

विभागले जंगे पिल्लरसहित अन्य साना पिल्लर मर्मत तथा निर्माणका क्रममा नेपालीको ३० बिघा भन्दा धेरै जमिन भारतमा परेको कुराको खण्डन गर्दै दुवैतर्फको भूमि एकअर्कातर्फ पर्न गएको जिकिर गरेको हो ।

‘२०४५ सालपछि स्थिर सीमा सिद्धान्त अपनाउने क्रममा केही भूभाग भारततिर पर्न गएको हुन सक्छु, विभागले विज्ञप्तीमा भनेको छ,’ यस क्रममा केही भारतीय भूमि नेपालतर्फ पनि पर्न गएको हुनसक्छ । तर भारततर्फ नेपालको धेरै भूमि गएको कुरा गलत हो ।’

यस्ताे छ बिज्ञप्ति