झण्डै ४० लाख मानिस बसोबास गर्ने राजधानीमा जम्मा १७ सौचालय !
भन्नु पो राजधानी । तर, राजधानी भन्न लायक छदै छैन । सम्झनुस, काठमाडौंमा कुनै कामको लागि निस्कनु भो, तपाईलाई दिसा या पिसाव लाग्यो । आपत्त पर्नु भएन ? कता दिसापिसाब गर्ने ? सार्वजनिक शौचालय नै छैन ! हो, देशको राजधानी काठमाडौंको हालत यस्तै छ । काठमाडौं, देशको राजाधानी । स्वभाविक व्यस्त छ । यहाँ, लाखौ मानिस दैनिक जीवनयापनका लागि संर्घष छर्गछन् । राष्ट्र प्रमुखदेखि सामान्य नागरिकको दैनिकी काठमाडौंले नै धानेको छ ।
किनकी यो, देशको राजधानी हो । तर, राजधानी भन्न लायक छैन । गल्ली गल्लीमा आइटम–आइटम खान पाइन्छ । तर, खाएपछि दिसापिसाव गर्ने थलो पो छैन । सार्वजनिक सौचालय नै नभएको राजधानी, कस्तो राजधानी ? राजधानी भन्न पनि लाज लाग्छ । लाजमर्दो कुरा त, सार्वजनिक सौचालय समेत नभएको काठमाडौं स्मार्ट सिटी भन्दै छ रे । तर, यहाँका नागरिक दिसापिसा गर्न समेत पाउँदैनन् ।
सार्वजनिक सौचालय नबनेका भने होइनन् । काठमाडौं महानगरको तथ्याङ्क अनुसार राजधानीका विभिन्न स्थानमा १७ वटा सार्वजनिक सौचालय छन् । तर, यतिका धेरै मानिस बसोबास गर्ने काठमाडौं उपत्यका भित्र १७ वटा सार्वजनिक सौचालयले कसरी धान्छ ? त्यसैले, हरेक दिन मानिहरु दिसापिसाल लाग्दा पनि थामेरै घर फर्कनुको विकल्प छैन । भएका १७ वटा सार्वजनिक सौचालय पनि पसिसक्नु छैनन् । १५ रुपैयाँ तिरेर यसी सौचालयमा सौच गर्न पाइन्छ । तर, दुर्गन्धले मर्नु हुन्छ । सरसफाई नै छैन ।
काठमाडौं उपत्यकामा लगभग ४० हजार मानिस बसोबास गर्छन् । यतिका धेरै मानिसका लागि जम्मा १७ वटा सार्वजनिक सौचालय मात्र छन् । काठमाडौं महानगर भने खर्भर सपना देख्दै छ । बल्ल सौचाल थप्ने योजना बन्दैछ ।
हो, हरेक मानिसको घर–घरमा सौचालय छ । तर, घरमा भएको सौचालय घरकै लागि मात्र ठिक । कामको लागि बजार निस्केको बेला दिसापिसा गर्न घर नै पुग्नु पर्ने त होइन होलानी ।
सामान्य बुझाइमा सार्वजनिक सौचालय नहुनु ठूलो समस्या नहोला । तर, समयमै सौच गर्न नपाउँदाको पीडा र त्यसले स्वास्थयमा पार्ने असर भने ठूलो छ । त्यति मात्र होइन, देशको राजधानीमा सार्वजनिक सौचालय नै नहुनु लाजको विषय पनि त हो । लाज छोप्नकै लागि भए पनि महानगरले राजधानीमा पुग्दो मात्रामा सार्वजनिक सौचालयत बनाए त राम्रै हुन्थ्यो ।