असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने दाउमा देउवा
प्रकासित मिति : २०७४ माघ ७, आईतवार ०२:०५
प्रकासित समय : ०२:०५
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई बेवास्ता गर्दै अघि बढ्ने संकेत गरेका हुन् ।
बैठकमा दर्जनभन्दा बढी नेताले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउन विधि र विधानसहित विभिन्न माग र सुझाव दिएका थिए ।आजको नागरिकमा यो खबर छ ।
तर देउवाले उनीहरुको माग र सुझावलाई केन्द्रीय समिति बैठकमा सम्बोधन नै गरेनन् । त्यसैले देउवा असन्तुष्टको माग कार्यान्वयन नगरी अघि बढ्न लागेका हुन् ।