एकैपटक भारतका ४० ठाउँमा पाकिस्तानले गर्यो आक्रमण
प्रकासित मिति : २०७४ माघ ६, शनिबार ०३:१२
प्रकासित समय : ०३:१२
पाकिस्तानले भारतका ४० चौकीमा आक्रमण गरेको छ । शुक्रबार बिहान पाकिस्तानले भारतको विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा आक्रमण गरेको हो।
पाकिस्तानले गरेको आक्रमणमा २ जनाको मृत्यु भएको छ, अन्य ४ जना घाइते भएका छन् । भारतिय संचारमाध्यमहरुका अनुसार सीमापारमा लगातार गोलीबारी भइरहेको छ । स्थानीय समय अनुसार बिहान ६ः३० बजे जम्मूको आरएसपुरा, अरनिया, रामगढ क्षेत्रमा गोलीबारी भएको हो ।