राजनैतिक संस्कार निर्माणमा युवाको भूमिका

पुरानो घर काम नलाग्ने भए पछि नयाँ घर बनाउनु पर्छ यो धुर्वसत्य कुरा हो तर नयाँ घर नबन्दै पुरानो भत्काउनु मुर्खता हुन्छ । नयाँ घर बनाउदै पुरानोलाई संरक्षण गर्नु नै बैज्ञानिक विधि हो । पुरानो संसदीय व्यबस्था काम नलाग्ने भएको निश्कर्ष सहित नै नेपालमा त्यसको बिरुद्ध संघर्ष सुरु भएको थियो । मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलनको सुरुवातको कडि पनि यहि हो । विश्व कम्युनिस्ट आन्दोलन त्यहि नयाँ साम्यवादी घर बनाउनको लागी चलिरहेको छ ।

लेखक

नेपाल पनि त्यहि आन्दोलनको एउटा हिस्सा हो । यति बेला नेपालको राजनीतिमा कम्युनिस्ट पार्टीहरु हावी छन् यसमा कसैको दुई मत छैन यो कम्युनिस्ट आन्दोलनको सकारात्मक पाटो हो । समय र मानिसहरुमा चेतनाको विकास संगै अब राजनीति पनि नयाँ ठाउँमा आइपुगेको छ । अब कम्युनिस्ट पार्टी खोल्नु या कम्युनिस्ट पार्टीको सदस्यता लिनु मात्रले जनतालाई न्याय दिन सक्दैन, सिद्धान्तप्रति इमान्दारिता र जनताप्रति उत्तरदायीत्व अहिलेको मुख्य आवस्यकता हो जसको खडेरी अहिले नेपाली राजनीतिमा देखिएको छ ।

जब सम्म राजनैतिक नेता र सचेत युवाहरु इमान्दार बन्न सक्दैनन् तब सम्म जनताले न्याय पाउदैनन् र प्रतिस्प्रधात्मक राजनैतिक संस्कारको निर्माण पनि हुन सक्दैन ।

यो बदलिदो परिवेशमा हामी युवाहरुले परम्परागत राजनैतिक सोच भन्दा माथि उठेर सोच्नु पर्ने बेला आएको छ । यतीबेला कुन पार्टी ठिक र कुन गलत भन्दै गरिआएको प्रतिशोधको राजनीतिबाट माथि उठौ, सबै पार्टीका आस्था र बिचारलाई सम्मान गर्दै तार्किक बहस गरौ, उत्तेजक र उछ्रिङ्खल टिकाटिप्पनीमा समय खेर नफालौ र राजनैतिक सस्कार निर्माणमा लागौ ।  मेरै कुरा गर्ने हो भने म कम्युनिस्ट बिचारको समर्थक हु त्यसमा पनि मालेमावादी । मैले कहिल्यै पनि कांग्रेसको सिद्धान्तलाई ठिक भन्न सक्दिन तर कांग्रेसको सिद्धान्त बोकेर राजनीति गर्नेहरुलाई आफ्नो सिद्धान्त र जनता प्रति निस्वार्थ तरिकाले उत्तरदायी बन भन्न त सक्छु नि रु यो संसदीय व्यवस्थाले जनतालाई न्याय दिन्छ भन्ने कुरामा म बिस्वास गर्दिन तर गर्नेहरु त उत्तरदायी हुनु पर्यो नि ।

हरेक पार्टी भित्रका राम्रा कुरालाई प्रोत्साहन गरौ र आफ्नै पार्टी भए पनि गलत कुराको बिरोध गरौ । स्वच्छ र तार्किक बहस गरौ । आफुले अंगिकार गरेको सिद्धान्त प्रति इमान्दार बनौ र फरक सिद्धान्त अङ्गीकार गर्नेलाई पनि इमान्दार बन्न प्रेरित गरौ ।  सबै इमान्दार बन्दा आउने रिजल्टले बताउने छ तुलनात्मक रुपमा को ठिक छ रु यति बेला नेपाली राजनीतिमा आफ्नो शिद्धान्त कार्यदिशा र आफुले अङ्गीकार गरेको ब्यबस्थाप्रति इमानदारिताको खडेरी प्रस्ट देखिएको छ । जसको जल्दो बल्दो उदाहरण हो अहिलेको अस्थाई प्रदेश राजधानीको लडाई ।

यहाँ सबैले राजधानी आफ्नो क्षत्रमा हुनुपर्छ भन्दै आन्दोलन गरिरहेका छन्, ठिक छ प्रदेश राजधानी सबैलाई पायक पर्ने ठाउमा हुनु पर्छ तोकिएका कतिपय राजधानी अपायक ठाउमा छन् त्यो बिषयमा आन्दोलन पनि जायज नै छ तर आन्दोलनमा इमान्दारिता र नेताहरुको आफ्नो एजेन्डा प्रतिको उत्तरदायिताको खडेरी देखिएको छ ।

उदाहरणको लागी ५ नम्बर प्रदेशलाई लिउ म पनि त्यहि प्रदेशवासी भएकाले लिएको हो अन्यथा नठानियोस० हिजो चुनाव अगाडी दाङ्का नेताले दाङ्लाई राजधानी बनाउछु भनेर भोट मागे बुटवलकाले बुटवल, कुन ठाउ ठिक भन्दा आ(आफ़्नै तर्क होलान भौगोलिक हिसाबले दाङ् केन्द्रबिन्दुमा देखिन्छ बुटवलका पनि आफ्नै तर्क होलान, केहि दिन अघि सम्म राजधानी दाङ हुने हल्लाले दाङबासि निकै खुसि थिए आफ्ना नेतालाई स्याबासी दिइरहेका थिए तर एकाएक बुटवल भए पछि दाङ आन्दोलित भएको छ ।  जनता आन्दोलित हुनु स्वाभाविक हो र आन्दोलन पनि जायज नै देखिन्छ तर कतिपय निर्णय र नाराहरु देख्दा अगुवा नेताहरुले आफ्नो बोली र उनले अङ्गीकार गरेका सिद्धान्तहरुको उपहास आफैले गरेको देखिन्छ । जस्तै आगामी राष्ट्रिय सभा चुनाब हुन नदिने, निर्बाचित प्रतिनिधि निषेध, अनिश्चिकालीन आमहडताल आदी ।

दाङमा राजधानी हुदा यो ब्यबस्था,यो चुनाब, यी प्रतिनिधि,संघियता सबै ठिक नभए सबै गलत रु आफुले भनेको जस्तो हुदा यी कुरा ठिक र नहुदा गलत भन्दै जनताको आखामा छारो हाल्ने नेताले जनताको सेवा चै कसरी गर्लान रु हिजो शान्तिपूर्ण आन्दोलनको वकालत गर्नेहरुले टायर बाल्दै आमहडताल गरेर जनजीवन कष्टकर किन बनाइरहेका छन् रु दाङ यो(यो हिसाबले ठिक छ भनि सम्बन्धित ठाउमा दवाव दिने वा भएन भने पनि प्रसासनिक सहजता र जनअधिकारलाई स्थानीय तह सम्म पुर्याउन पहल गर्दै त्यस बिषयमा जनतालाई सचेत बनाउने तर्फ ध्यान नदिई मास केन्द्रित उत्तेजक आन्दोलन तिर नेताहरु लागेको देख्दा जनतालाई न्याय दिने भन्दा आफ्नो भोट बचाउन यो सब गरिएको देखिन्छ ।

जब सम्म राजनैतिक नेता र सचेत युवाहरु इमान्दार बन्न सक्दैनन् तब सम्म जनताले न्याय पाउदैनन र प्रतिस्प्रधात्मक राजनैतिक सस्कारको निर्माण पनि हुन सक्दैन ।  अन्त्यमा, हामी सबै नेता, कार्यकर्ता, कर्मचारी, सचेत युवा आ(आफ़्नो ठाउमा इमान्दार बन्यौ, हरेक आन्दोलनलाई तार्किक निष्कर्समा पुर्याउन सक्यौ र राजनैतिक सस्कारको निर्माण गर्न सक्यौ भने देश आफै बन्छ सबै भन्दा पहिले सोच बदलौ र आफ्नो काम प्रति इमान्दार बनौ बिशेष त हामी युवाहरु, यस्तो सस्कार निर्माण गर्नु हाम्रो दायित्व हो र मुख्य भूमिका नै हामी युवाहरुको रहन्छ । एउटा युवा सचेत र इमान्दार बन्यो भने उसले अरु सयौलाई आफु जस्तो बनाउन सक्छ  ।