प्रहरी र आन्दोलनकारीबीच डोटीमा झडप, ३ जना घाइते
डोटीमा प्रदेश राजधानी माग्दै सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । बिहीबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तीन जना घाइते भएका छन् । क्षेत्रिय प्रशासन कार्यालय डोटीमा आन्दोलनकारीले ढुङ्गामुडा गरेपछि प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहारबाट दिसिनपा(४ का ४३ वर्षीय भरत बिक, दिसिनपा (१ का ४० वर्षीय नारायण खड्का र केआईसिं गाउँपालिकाका करी भण्डारी घाइते भएका छन् । विकलाई थप उपचारको लागि धनगढी रिफर गरिएको सुजङ अस्पतालले जनाएको छ । अन्य २ जना सुजङ अस्पताल राजपुरमा उपचारत छन् ।
प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएपछि आक्रोशित बनेका डोटीको दिपायलका स्थानीय आक्रोशित बनेका हुन् । उनीहरु दिपायललाई प्रदेश राजधानी बनाउनुपर्ने माग राख्दै आन्दोलनरत थिए । आन्दोलनकारीले आजै दिपायलको पिपल्ला बजारमा रहेको ट्राफिक प्रहरीको चेक पोष्टमा आगजनी समेत गरेका थिए । डोटीका बिभिन्न ठाउँमा सरकारले गरेको निर्णयका बिरुद्धमा प्रर्दशन भैरहेको छ ।