राष्ट्रिय सडक सञ्जालमा जोडिँदै डाेल्पा
दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक संञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको नेपाली सेनाले जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माणकार्य नेपाली सेनाले तीब्र पारेपछि डोल्पालीको सडक सपना साकार हुने चरणमा पुगेकाे छ । जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाई ११७ दशमलम ७ किमी सडकखण्ड मध्ये ११४ दशमलव ७ किमी सडक सेनाले निर्माणकार्य पुरा गरिसकेको छ । डोल्पाको दुनैसम्म सडक जोड्नकोलागि श्रीविण्डे–त्रिपुराकोट खण्डको तीन किमी मात्रै निर्माणकार्य बाँकी रहेको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए ।
‘अहिले जाजरकोट–डोल्पा सडकखण्डको श्रीविण्डे–त्रिपुराकोट खण्डमा सडक निर्माणकार्य भईरहेको छ,उक्त खण्डमा भिर पहरायुक्त भएकाले निर्माण कार्यमा चुनौती भएपनि सेनाले ज्यानको बाजी लगाउँदै काम गरिरहेको छ’ पहाडीले भने । ‘उक्त खण्डका श्रीविण्डे, सिउरेनी, चिप्ले,चु“ गाड लगाएतका दर्जनौ स्थानहरुमा कम्प्रेसर मेसिन राखेर काम तीब्र पारिएको छ, उक्त खण्डकै धाउनेमा निर्माणवेश खडा गरेर सेनाले युद्धस्तरमा काम गरिहेको छ’ उनले थपे ।
माघ दोस्रो साता भित्रै रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारदेखि त्रिपुरा सुन्दरी नगरपालिकाको श्रीविण्डेसम्मको सडकखण्ड उद्घाटन गर्ने तयारी भइरहेकाे छ । उद्घाटन लगत्तै जीप, ट्रयाक्टरलगायतका हलुका यातायातका साधन संञ्चालनमा अाएपछि यहाँका जनतालाई राहत मिलेकाे छ । सेनाले युद्धस्तरमा काम गरिरहेको देख्दा डोल्पालीहरु पनि खुशी भएकाछन् । सडक निर्माणपछि यातायातको असुविधामा दैनिक उपभोग्य सामाग्री ढुवानीदेखि बिरामी पर्दा उपचारका लागि सुगममा लैजानसमेत सहज हुने डोल्पालीको विश्वास छ । त्रिपुरा सुन्दरी नगरपालिका ५ का स्थानीय मोती उपाध्यायले सदरमुकाम दुनैसम्म गाडी पु¥याउने काम अन्तिम चरणमा पुगेको भन्दै खुशी व्यक्त गरे ।
सदरमुकाम दुनैदेखि छ घण्टामा खदाङ पुगिन्छ । डाेल्पालीले तराई झर्नका लागि हप्तौसम्म जहाज कुर्नु पर्ने बाध्यताकाे अन्त्य हुने छ । खदाङसम्म यातायात संञ्चालनमा ल्याईएपछि दुई दिनमै नेपालगंञ्ज पुगिन्छ । सेनाले ज्यान धरापमा पार्दै विशाल चट्टान छिचोली रहेको छ । भेरी नदीलाई तल पारेर टाउको घुमाउने भिरमा मोटर कुदाउने डोल्पाको नासो बोकेर सडक छिचोल्नु काम निकै चुनौतिपूर्ण थियाे । जाजरकोट–डोल्पा सडकखण्डको रुकुम डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म गत ०७३ साउनमा प्रधान सेनापती राजेन्द्र क्षेत्रीद्धारा उद्घाटन गरेर यातायात संञ्चालनमा ल्याईएको थियो । गोतामकोटदेखि त्रिवेणीसम्म यातायात संञ्चालनमा अाएपछि तल्लो डोल्पाका जनताहरु प्रत्यक्ष लाभान्वित भएकाछन् । दैनिक उपभोग्य बस्तुहरु ढुवानीमा समेत सहज भएको मुड्केचुला गाउँपालिकाका स्थानीय सरोज थापाले बताए । नयाँ पत्रिकामा खबर छ ।